• मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविमा प्रतियोगितात्मक नृत्य तथा गायन प्रतियोगिताको आयोजना गरी ५९ औं बाल दिवस मनाइरहेको छ ।
    बाल दिवसकै अवसरमा कक्षा—११ मा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत तथा १२ कक्षा पढाइ सकेकाहरुलाई विदाइ कार्यक्रम गरी दिवस मनाएका हुन् । 
    विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ‘सुम्निमा पारुहाङ.., ‘ढोल झ्याम्टाको रन्कोले.., ‘डम्फु र सेलो.., ‘इरिक्युङ्बा थाङ्सुम्बा.., ‘नाचन च्याङ्बा.., ‘भुँइ सोरी ढोगे है.., लगायतका गीतहरुमा साकेला, केलाङ, सेलो, मारुनी, थारु लगायतका सांस्कृतिक नृत्यु प्रस्तुत गरिरहेका छन् । 
    कार्यक्रममा समिप सारु, सैलेस पोख्रेल, सिवानी दुलाल, अलिसा राई, प्रजेश लिम्बू, सबिन राई लगायत १५ बढीले गीत गाएर प्रतियोगितामा सहभागी भइरहेका छन् । 
    विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत २३ वटा समूहले १० जनाको दरले नृत्य गरेका थिए भने दिउसो कक्षा ४ देखि १० कक्षा सम्म अध्ययनरत २६ वटा समूह प्रतियोगितामा भाग लिएका छन् । 
    बिहान (११, १२) र दिउसो (१ देखि १० कक्षा) गरी ४९ वटा समूहले १० जनाको  दरले ४८० जना कलाकारहरुले नृत्यु प्रदर्शन गरेका गरिरहेका छन् । नृत्य, गायन र अप्रतियोगि कालकार गरी पाँच सय बढीले कला प्रदर्शन गरेका छन् । 
    विहान ६ देखि साँझ ६ बजेसम्म चल्ने कार्यक्रममा गायनतर्फ पुष्प राई र नृत्यमा सुसान्त तामाङ र राम बिकले निर्णायकको भूमिका खेलिरहेका छन् । प्रतियोगिता जित्ने कलाकारहरुलाई पुरस्कार प्रदान गरिने प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए । 

    पञ्चायत मावि सञ्चालक समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको बाल दिवस कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले स्वागत गरेका थिए । पथरीशनिश्चरे नगर १ नं. वडा अध्यक्षसमेत रहेका पूर्ब विद्यार्थी समाजको तर्फबाट भीम राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम दिनेश सुवेदी र भवानी तिम्सिनाले सञ्चालन गरेका छन् । प्रदेश सरकारबाट नमुना घोषित पञ्चायत मावि करिव चार हजार विद्यार्थी अध्ययनरत छन् । 
    विव्यस अध्यक्ष युवाराज बास्कोटा, प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा अध्यक्ष भीम राई, सहायक प्रधानाध्यापक बिना राई लगायतले नयाँ आउने विद्यार्थीहरुलाई परिचय पत्र प्रदानसहित स्वागत र विद्यालय छाड्ने विद्यार्थीहरुलाई खादा लगाएर विदाइ रहेका थिए । 
    विद्यालयमा कक्षा ११, १२ मा विज्ञान, इन्जिनियरिङ, कानून, ललितकला, व्यस्थापन, शिक्षा, मानविकी संकायमा पठन पाठनहुँदै आएको छ । विद्यालयमा पत्रकारिता (आम सञ्चार) बिषय पनि पढाइहुँदै आएको छ । 

     

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…