मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित वन क्षेत्रमा बेवारिसे अवस्थामा युवाको शव फेला परेको छ ।
सुन्दर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा भेटिएको युवाको शव सडिएको अवस्थामा फेला परेको हो । शव हालसम्म पहिचान खुल्न नसकेपछि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक ब्रमदेव शाहले बताए ।
मंगलबार अपरान्ह १२ बजे घोप्टो परेको अवस्थामा शव स्थानीयबासीले देखेर प्रहरीलाई जानकारी गराएका थिए । शव करिब ३०, ३५ बर्षको जस्तो देखिन्छ ।
खैरो रङको भेष्ट, कालो पेन्ट, कोठे अन्डरवेव लगाएको शवको उच्चाई ५ फिट ७ ईन्च रहेको प्रहरीले जनाएको छ । दाँया हातको पाखुरामा ‘ओम मानी पेमे’ लेखिएको ट्याटु छ । शव पोष्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।