• मोरङ । थारु समुदायको सांस्कृतिक चाड ‘जितिया विशेष सांस्कृतिक कार्यक्रम—२०८०’ बिहिबार मोरङको पथरीशहनिश्चरे स्थित हसन्दहमा भब्य रुपमा समापन भएको छ । 
    हसन्दहको मुख्य बजारमा थारु समुदायको मौलिक सांस्कृतिक प्रस्तुतीको साथै शुभकामना आदानप्रदान गरेर भब्य रुपमा मनाइएको छ । 
    मोरङको बिभिन्न पालिकाहरु, झापा र सुनसरीबाट आएका कलाकारहरुले थारु भेषभूषामा ढाकीया, मटिया, माछा मार्ने जाल, कृषिमा प्रयोगहुने हलो, जुवा लगायतका सामाग्रीसहित नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । 
    कलाकारहरु नृत्यको साथै गीत र प्रहसन प्रस्तुत गरेर उपस्थित दर्शकलाई सांस्कृतिक मनोरञ्जन दिएका दिएका थिए । 
    थारु कल्याणकारिणी सभा पथरीशनिश्चरे नगर समितिको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य भगत चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ संघीय अनुशासन आयोगका संयोजक अर्जुन जम्नेली राई, वडा नं. ८ का वडाध्यक्ष नवीन कार्की, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र लिम्बु, सहसचिव कला मगर, कोषाध्यक्ष मीना भुजेल लगायतको उपस्थिति रहेको थियो ।  
    आयोजक संस्थाको अध्यक्ष रामनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रम ८ नं. वडा सदस्यसमेत रहेका बाबुराम चौधरीले स्वागत मन्तब्य राखेका थिए । 

    देशमा साम्प्रदायिक सद्भाव खलबलिन दिनुहुन्न
    कार्यक्रमको प्रमुख अतिथि रहेका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले आदिवासी जनजाति समुदायको संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धनमा लाग्ने बताए । नगर भित्र रहेका धर्म, संस्कृतिको संरक्षण र विकासमा सबै मिलेर लाग्नुपर्ने नगर प्रमुख तुम्बापाको भनाइ थियो । 
    शुभकामना दिने क्रममा नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईले नेपालगञ्ज लगायतका स्थानमा धार्मिक साम्प्रदायिक हिंसा भड्किन खोजको प्रसंग उल्लेख गर्दै एक आपसमा मिलेरै देश निर्माणमा लाग्नुपर्ने बताए । देशमा साम्प्रदायिक सद्भाव खलबलिन दिनु नुहने बताए । कसैले उकासेमा त्यता लाग्न नहुने राईको भनाइ थियो । राज्यले सम्पूर्ण जातजातिलाई समान व्यवहार गर्नुपर्ने र पौजमा नपुगेको समुदायलाई शसक्तिकरण मार्फत अघि बढाउनु पर्ने राईको भनाइ थियो । 
    राईले थारु समुदायको सांस्कृतिक नृत्य डिस्को, लुङ्गी डान्सभन्दा स्तरीय र अकर्षक रहेको बताए । 
    अर्को प्रसंगमा प्रदेशमा चलिरहेको कोशी नाम विरुद्धको आन्दोलन प्रदेशमा साझा मानोविज्ञान तयार पार्न, शान्ति, संमृद्धि र समाजवादीकै लागि भएकोले आम प्रदेशबासी जुट्न्पर्ने बताए । 
    कार्यक्रममा थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य भगत चौधरी, नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र लिम्बू लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

    सहभागीलाई थारु परिकार वितरण
    ‘जितिया विशेष सांस्कृतिक कार्यक्रम—२०८०’ कार्यक्रममा उपस्थित अतिथि, कलाकार र सहभागीहरुलार्य थारु समुदायको मौलिक खानपिन खुवाइएको थियो । 
    समुदायले खानेगरेको बिषेश प्रकारको रोटी, स्थानीय माछाको परिकार, जेरी, तरकारीको साथमा दही, चिउरा लगायतका खाना प्रदान गरिएको थियो ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…