• कपिलवस्तु, २२ फागुन । भारतको नगर पंचायत बढ़नीमा आयोजित होली मिलन समारोहमा सहाभागी हुनुका साथै उक्त कार्यक्रममा लुम्बिनी क्षेत्रका विधायक फखरुद्दीनद्वारा ‘सिध्दार्थरत्न’बाट नायक, गायक श्याम कुमार मिश्र सम्मानित भएका छन् ।

    उनलाई कलाकारीताको क्षेत्रबाट पुराएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरेको हो । एक दशक देखि गायन र अभिनयको क्षेत्रमा निरन्तर कृयाशिल मिश्र अभिनित पछिल्लो चलचित्र ‘ब्वाईफ्रेण्ड’ प्रदर्शनको तयारीमा रहेको छ । भोजपुरी गीत, संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका मिश्र नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन् । ब्वाईफ्रेण्ड चलचित्रमा समावेश गरिएकोे भोजपुरी गीत ‘तेरी लच्के लि जब कमरिया, बल खाए जै जेसन नगेनिया...’ युटुवबाट सार्वजनिक भएयता उनको चर्चा अझ चुलिदो छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…