• मोरङ । मोरङको पथरीशनिश्चरे-२ मा स्थापित लर्ड बुद्ध बचत तथा ॠण सहकारी सस्थाको २१ औं बार्षिक साधारण सभा आइतबार समापन भएको छ ।

    साधारण सभाको अवसरमा संस्थाको पूर्ब सन्चालक मानबहादुर लिम्बू र निमाकुमारी तामाङलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा उत्कृष्ट वचत कर्ता गणेश राई, पबित्र गजुरेल, उत्कृष्ट कारोबारी रन्जित गुप्ता, धनबहादुर तामङ र बाल वचत कर्तामा लक्ष्मी गुप्तालाई सम्मान गरिएको छ । 

    कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य चण्डीप्रसाद राई, सस्थाको अध्यक्ष धनराज राई (अमिर), पूर्ब नगर प्रमुख दिलिपकुमार राई, ३ नम्बर वडा अध्यक्ष बिजय लिम्बू, ४ नं वडाका पूर्ब अध्यक्ष गोबिन्द भण्डारी लगायतको हातबाट वितरण गरिएको थियो । 

    सस्थाको सचिब महेन्द्र डुङ्गानाको प्रगति, कोषाध्यक्ष दोर्ण पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 
     
    तीन हजार ६६ शेयर सदस्य रहेको सस्थाको शेयर पुँजी २ करोड १४ लाख १६ हजार १०० रहेको छ ।  आर्थिक बर्ष २०७९/०८० मा ४५ लाख १८ हजार ७७५ शुद्ध वचत रहेको सस्थाका व्यवस्थापक गणेश बाछना राईले बताए । १ करोड ७३ लाख ५३ हजार ३७८ निक्षेप रहेको सस्थामा २२ करोड २४ लाख ८६ हजार ८४५ वचत देखिएको छ ।

    लर्ड बुद्धले ४ र ९ नं. वडाको किर्तिपुर र पुलचोकमा सेवा केन्द्र स्थापना गरेको छ । सस्थाले बार्षीक रुपमा रक्तदान लगायतको कार्यक्रम गर्नुको साथै जेष्ठ सदस्यहरुलाई भत्ता उपलब्ध गराउदै आएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…