• मोरङ ,विराटनगर 

    नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो ।

    विधानमा जिल्लामा रहेका खुल्ला उपाध्यक्ष बरिष्ठ हुने कि समावेशी उपाध्यक्ष बरिष्ठ हुने भन्ने विवाद भएको थियो । उक्त विवादको व्याख्या गर्दै केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५ को दफा २२ को उपदफा १ मा उल्लेखित बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकारको विषय जिल्ला शाखाको हकमा खुल्ला उपाध्यक्षको हुने भएकोले सोही बमोजिम गर्न भन्दै प्रदेश समितिलाई पत्र पठाएको छ ।

    विधानमा बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकारमा उल्लेख भए अनुसार अध्यक्ष कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएमा, काम विशेषले देशबाहिर रहेमा वा निजको पद रिक्त भएमा कार्यबहाक अध्यक्षको रुपमा निजको कर्तव्यको पालना र अधिकार प्रयोग गर्न जिम्मेवारी हुने उल्लेख छ ।

    केन्द्रले गरेको विधानको व्याख्या अनुसार नेपाल पत्रकार महासंघ प्रदेश समितिले मंगलबार पत्रकार महासंघ मोरङ शाखालाई पत्र पठाउँदै केन्द्रीय समितिको पत्रमा उल्लेख भएको विधानको व्याख्या अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

    प्रदेश समितिको तर्फबाट अध्यक्ष लिलाबल्लभ घिमिरे र महासचिव विवेक गौतमले हस्ताक्षर गरेर दिएको पत्रमा यस्तो उल्लेख भएको हो । उक्त पत्रको बोधार्थ मोरङ शाखाका खुल्ला उपाध्यक्ष मोहन भट्टराईलाई पनि पठाइएको छ ।

    मोरङ शाखाका अध्यक्ष संजीव खनालले विदेश गएको पाँच दिनपछि कार्यबहाक अध्यक्ष चलाउन भन्दै महिला उपाध्यक्ष तारा आचार्यलाई पत्र पठाएका थिए । उक्त विषयमा असहमति जनाउँदै खुल्ला उपाध्यक्ष मोहन भट्टराईले आवश्यक निर्णय दिन पत्रकार महासंघ प्रदेश समितिलाई पत्र पठाएका थिए । प्रदेशले केन्द्रको व्याख्या अनुसार एक महिनापछि भट्टराईलाई पत्र दिएको हो ।

    यस्तै प्रेस सेन्टर मोरङले विधानमा अध्यक्ष खनालले विधानको व्यवस्था विपरीत कार्यबहाक अध्यक्ष तोकेको भन्दै पत्रकार महासंघ मोरङमा तालाबन्दीसमेत गरेको थियो । पत्रकार महासंघ केन्द्र समिति र प्रदेश समितिका पदाधिकारीले अध्यक्षको पत्र कार्यान्वयन नहुने आश्वासन दिएपछि प्रेस सेन्टरले तालाबन्दी खोलेको हो।

    मङ्गलबार, ३० असोज, २०८०, रातीको ०८:४७ बजे
    प्रतिक्रिया:
    पुरा नाम *
    ई-मेल *
    प्रतिक्रिया *

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…