• मोरङ पथरीशश्चिरे स्थित प्रस्तावित पथरी रंगशाला शनिबार अपरान्ह खुसी सट्नमा व्यस्त थियो । आयोजकले बिभिन्न व्यक्तिको नाम लिइरहदा आफैले ल्याएका बाजाको आवाजसहित समर्थकहरु अमुल्य खुसीसहितको हल्ला गरिरहेका देखिन्थे ।
    प्रसंग हो ‘पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिग’ चौथो संस्करणको फाइनल खेल र पुरस्कार वितरणको । 
    भनिन्छ खुसी र आनन्द किनेर पाइन्न । तर, खेलकुदले आफ्ना समर्थकलाई अमुल्य खुसी दिने गर्दछ । शनिबार प्रस्तावित पथरी रंगशालामा अघाध खुसी साटासाट गरिरहेका देखिन्थे । खेलाडी त खुसी हुने नै भए, खेल सकिना साथ बिजेता टिमका समर्थकहरु साट्न मैदानमा प्रवेश गरेका थिए । पुरस्कार वितरण गरिन्जलसम्म उत्साह उत्तिकै थियो । 
    क्रिकेट प्रिमियर लिग कात्तिक १० गतेदेखि सुरु भएर २५ गते समापन भएको हो । १४ दिनसम्म थोरै विस्मृति र बढी खुसी, हौसला बाँडिएको पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिग आयोजक समितिका अध्यक्ष बिरोज मगरले बताए । 
    २० ओभरको खेल लिग, नकआउट चरण पार गर्दै आइतबारे अस्त्र र  गोरखा लिजेन्ड फाइनल पुगेका थिए । 
    फाइनल खेलमा गोरखा लिजेन्डलाई ६ विकेटले पराजित गर्दै आइतबारे अस्त्रले उपाधि जितेको हो । गोरखा लिजेन्डले टस जितेर फिल्डिङ रोजेका थिए । 
    पहिला ब्याटिङ पाएका आइतबारे अस्त्रले ६ विकेटको क्षतिमा १४९ रन जोड्दै गोरखा लिजेन्डलाई १५० को टार्गेट दिएको थियो । गोरखा लिजेन्डको लागि सुजन थपलियाले ७१, ज्ञानु श्रेष्ठले २६ रन लगायतले योगदान गरेका थिए । 
    सुरुमा उत्साहको साथ फिल्डिङ गरेका गोरखा लिजेन्ड, आइतबारे अस्त्रका नित्य खडोरियाको सिक्छ हिट (छक्का प्रहार)ले नर्मस गरायो । खडोरियाले नट आउट एक्ले ६ छक्का र ४ चौका गर्दै ११० रन जोडेका थिए । खेल बिजेता आइतबारे अस्त्रले १५ ओभर ४ बलमा टार्गेट पुरा गर्दै उपाधि माथि कब्जा जमाएको हो । 
    बिजेता अस्त्रको लागि मंगेस राईले नटआउट १४ रनको साथै बाँकी अभिशेक बिक, दीपेश भण्डारी, अतित त्याग्रा, आदर्श कार्कीले बिपक्षीले दिएको टार्गेट सहज रुपमा पुरा गरेका थिए । 
    उपाधि विजेता टिमलाई पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट एक लाख ३१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उप बिजेता खोरखा लिजेन्डलाई ७१ हजार १११ नगद प्रदान गरेका थिए । कार्यक्रममा नगरको प्रवक्ता समेत रहेका ८ नं. वडा अध्यक्ष नवीन कार्की, ३ न. वडा अध्यक्ष विजय लिम्बू, वडा सदस्यहरु पूर्ण कार्की, सपना राई र सञ्चारकर्मीहरुको हातबाट विधागत पुरस्कार, मायाको चिनो वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा सञ्चारकर्मी अर्जुन काफ्लेलाई आयोजकको तर्फबाट सम्मान गरेको थियो । 
    लिगको चौथो संस्करणमा आइतबारे अस्त्र, गोरखा लिजेनड, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, बिरेन्द्र नगर (बिएसटी), रोयल किङ्स गरी सात वटा टिम सहभागि रहेका थिए । 
    क्रिकेट खेलाडी उत्पादन, खेल क्षेत्रको बिकासको साथै नगरपालिकालाई स्वास्थ्य राख्न प्रयास स्वरुप लिग आयोजना गर्दै आएको अयोजक समितिको सचिव राकेश राईले बताए । 
    यो सिजनमा २३२ खेलाडीले आफ्नो खेल प्रदर्शन गर्न पाएको अध्यक्ष बिरोज मगरले बताए । क्रिकेटको माध्यमबाट पथरीशनिश्चरे नगरको प्रचार प्रशारको साथै थोरै भएपनि ब्यापार व्यवसायमा टेवा पुगेको आयोजकको दाबी छ ।

    फाइलन, म्याच आफ द टुनामेन्ट विधागत पुरस्कार प्राप्त गर्ने टिम र खेलाडीहरु
    १) वीरेन्द्रनगर (अनुशासित टिम घोषित)
    २) महोमद निसार (म्यान आफ द टुर्नामेन्ट, वेष्ट फिल्डर १० विकेट ११५ रन), आइतबारे अस्त्र
    ३) नित्य खडरिया (म्यान अफ द म्याच, फाइनल खेल ११० रन, म्याक्सिमम सिक्स हिटर र वेष्ट विकेट किपर), आइतबारे अस्त्र
    ४) दिपेश भण्डारी (इन्प्याक्ट फुल योङ ल्पेयर), आइतबारे अस्त्र
    ५) गौरव बस्नेत (उदियमान खेलाडी ९ बर्षका, ५ विकेट लिएका), बुद्ध युनाइटेड
    ६) सुदिप चौधरी (बेष्ट बलर, ७ म्याच १३ विकेट), वीरेन्द्रनगर
    ७) राज पालुङ्वा (बेष्ट ब्याटर ८ म्याच ३७४ रन), गोरखा लिजेन्ड
    ८) बाउन्ड्रि क्याच (छक्का हानेको बल बाहिर क्याच गर्ने १५ जना दर्शकलाई हजार रुपैयाको दरले वितरण)

    पुरस्कार वितरण र खुसी साट्दै खेलडी र समर्थकहरु

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…