• मोरङ । मोरङ पथरीशनिश्चर नगर भएर दक्षिण जाने मनमोहन गान्धी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय उपभोक्ताहरुले बन्द गरेको छ ।

    पथरीशनिश्चर ९ को महेन्द्र चोकमा स्थानीय उपभोक्ताहरुले आज बिहानै ढाट राखेर सडक बन्द गरेको हो ।

    निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीको कारण बर्खामा हिलो र हिउदमा धुलोले स्थानीयबासीको स्वास्थमा समेत असर गरिरहेको  सुमन वनेम लिम्बूले बताए । लामो समयदेखि सडक निर्माण बन्द भएको थियो ।

    सडक कालो पत्रे समयमा नभएर अलपत्र छाडिदा  यातायातमा असहज हुनुको साथै स्वास्थमा गम्भीर असर परेको भन्दै नगरको वडा नं. ४, ८ र ९ का अध्यक्षहरुले कातिक २१ गते संयुक्ता ध्यान आक्रमण पत्र सार्बजनिक गर्दै उपभोक्ताबाट आउन सक्ने प्रतिरोधको जिम्मा स्वयम् निर्माण कम्पनीले लिनु पर्ने जनाएको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …