• मोरङ । मोरङको पथरीशनिश्चरे १ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको १५ औं चुनावी साधारण सभामा चार जनाले अध्यक्ष पदको लागि उमेद्वारी दिने भएका छन् ।
    समूहको १५ औं साधारण सभा आज (मसिर १६) गते संंस्थाको कार्यालयमा हुँदैछ । खुल्ला र वन्द सत्रपछि मंसिर २३ गते शनिबार मतदानको मिति तोकिएको छ । 
    समितिको अध्यक्षको लागि कांग्रेस निकटबाट ईन्द्रबहादुर राई (आई.बी.), एमालेबाट कुलमणी गुरुङ, जसपा निकटबाट हेमभक्त गुरुङ र स्वतन्त्र रुपमा पूर्ण पाख्रिन तामाङले उमेद्वारी दिने भएका छन् । 
    गत कार्यकालमा हेमभक्त गुरुङ उपाध्यक्ष, कुलमणी गुरुङ कोषाध्यक्ष, ईन्द्रबहादुर राई र पूर्ण पाख्रिन कार्यसमिति सदस्य रहेका थिए ।
    एमालेले कुलमणी गुरुङलाई अघि सारिसकेको छ भने कांग्रेसको तर्फबाट आइबी राई (गठबन्धन) रहेको बुझिएको छ । जसपा एक्लै भिड्ने कि गठबन्धनमा जाने निर्णय भइनसकेको बुझिएको छ । पूर्ण पाख्रिन भने एमाले, कांग्रेस, माओवादी, जसपा लगायतका उपभोक्ताको भोट आउने र जित्ने दावी गर्दै आएका छन् । समूह अध्यक्ष कुलबहादुर गुरुङ भने यो पटक नउठ्ने बताउदै आएका छन् । 
    समूहको लेखा समिति संयोजक तुलशी बस्नेतले गत कार्यकालमा हिसाव क्लियर नभएर, वन भित्र कमिसन, भ्रष्ट्राचारको खेल हुने गरेको सामाजिक सञ्जाल मार्फत बेला बेला लेख्दै आएका छन् । वन भित्र रहेको सिमसार, वन पैदावरको हिसाव, ऋण काढेर १९ लाख ७५ हजारमा बनाइएको डीपीआर, सरकारबाट प्राप्त बजेटबाट जडान गरिएको रोहोटे पिङ लगायतको हिसवा क्लियर नभएर बेलाबेला विवाद हुने गरेको छ । संस्थामा करिव १२ सय उपभोक्ता रहेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…