• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित सिरिजंगा धार्मिक वन क्षेत्र भित्र निजी लगानीमा चमेना गृह बन्ने भएको छ । 
    उर्लाबारी ९ का धनबहादुर एभेङ लिम्बूको सम्झनामा छोराहरुले चमेना गृह बनाउन सुरु भएको हो । 
    उर्लाबारी ९ का एभेङ परिवाले बाबुको सम्झनामा १० लाख लागतमा चमेना गृह बनाउन लागेका हुन् । सिरिजंगा धार्मिक वनको आयोजनामा आज कार्यक्रमवीच भवन शिलान्यास गरेको हो । 
    स्थानीय जनप्रतिनिधिहरु, धार्मिक वनका पदाधिकारीहरु, वन कार्यालयका कर्मचारी, लगानी कर्ताहरुको उपस्थितिमा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट शिलान्यास गरेका हुन् । 
    सिरिजंगा धार्मिक वन समितिका अध्यक्ष डम्बर चोङ्बाङ लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीमकुमार राई, सदस्य पूर्ण कार्की, १० का अध्यक्ष जीवन खतिवडा, निर्माण कर्ताहरु राम एभेङ, युएन एभेङ, सुदिन एभेङ,  वचन एभेङ लगायत परिवारको उपस्थिति रहेको थियो । 
    बाबाको सम्झनामा पक्की पिलर, वाल र जस्ताको छानो भएको भवन निर्माण गरेर धार्मिक वनलाई हस्तातरण गर्ने बताएका छन् । संस्थाका सचिव मानप्रसाद लिम्बूले सञ्चालन गरिएको कार्यक्रममा लेखा समिति सयोजक धनप्रसाद साम्बाले स्वागत गरेका थिए । 
    इच्छुक परिवारले धार्मिक वन क्षेत्रमा संस्थाको योजना अनुसार यस्ता भवनहरु निर्माण गर्न सक्ने अध्यक्ष डम्बर चोङ्बाङ लिम्बूले जनाकारी दिए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…