• मोरङ । मुख्यमन्त्री केदार कार्की सहभागीे कार्यक्रममा कालो झण्डासहित विरोध प्रदर्शन गर्ने क्रममा सोमबार खोलढुङ्गामा पक्राउ परेका छ जना पहिचानवादी नेताहरुलाई बिना सर्त नछाडिए भोली चार जिल्ला बन्द हुने भएको छ । 
    नेपाली कांग्रेस पार्टीबाट मुख्यमन्त्री भएका केदार कार्की, सोही पार्टीको संसदीय दलका नेता समेत रहेका पूर्ब मुख्यमन्त्री उद्धप थापा, प्रदेश सांसद प्रदीपकुमार सुनुवार भवन उद्घाटन कार्यक्रममा सोमबार ओखलढुङ्गा पुगेका थिए ।
    भवन उद्घाटन गर्न जिल्ला सदरमुकाम स्थित गुरुमारे भञ्याङमा पुग्दा कालो झण्डा प्रदर्शन गर्दै कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार लगायतको नारा जुलुसहित विरोध गर्ने क्रममा किरात राई यायोक्खा केन्द्रीय महासचिव भीमराज राई, जिल्ला अध्यक्ष समेत रहेका संयुक्त संघर्ष समितिका संयोजक थगेन्द्र राई, यायोक्खा पूर्ब जिल्ला अध्यक्ष दीपेन्द्र रुम्दाली राई, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपमहासचिव रेखराज राई, चमर राई र दुर्गा राई गरी छ जनालाई पक्राउ गरेको छ ।
    पक्राउ गरेकोमा प्रदेश नं. १ पुन नामङकन संयुक्त संघर्ष समितिले बिज्ञप्ति प्रकाशन गरी विरोध जनाउनुको साथै चार जिल्ला यातायात बन्द गर्ने घोषणा गरेको हो ।
    पक्राउ परेको छ जनालाई बिन सर्त रिहाइ नगरे मंगलबार (मंसिर २०) गते बलबहादु राई मार्ग र मध्ये पहाडी मार्ग अन्तरर्गतको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुर ४ जिल्ला सडक अनिश्चित कालको लागि बन्द हुने विज्ञप्तिमा उल्लेख छ । 
    सडक बन्द सफल पार्न सक्रीय रहन मातहतका नेता, कार्यकर्ताहरुलाई आव्हान समेत गरेको छ । 
    बिज्ञप्तिमा भनिएको छ ‘‘आन्दोलन कोशी नाम खारेजी नभएसम्म अझ शसक्त बन्दै जाने निश्चित छ ।’ ‘एकल गोत्रीय कोशी (कौशिक) नाम प्रदेशबासी कुनै हालतमा मान्न तयार छैन ।’’
    पक्राउ परेका नेताहरुलाई आस्थाको बन्दीको रुपमा नराखी  थुनामा राखेर अपराधी सहर व्यावहार गरको भन्दै भ्रत्सना गरेको छ ।  शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकार कुण्ठित गर्न खोजिएको भन्दै विज्ञप्ति मार्फत प्रहरी दमन बन्द गर्न गृह प्रशासनको ध्यान आकर्षण समेत गरेको छ ।
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…