• मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनका लागि ईन्द्रबहादुर राई (आई.बी.) नेतृत्वको उमेद्वारी घोषणा भएको छ । 
    शान्ति सामुदायिक वनको निर्वाचन मंसीर २३ गते हुँदैछ । निर्वाचनमा भिड्नको लागि तयार यो प्यानललाई ‘साझा स्वतन्त्र प्यानल’ भनिएको छ । सोमबार पत्रकार भेटघाटको आयोजना गरी अध्यक्षमा ईन्द्रबहादुर राई नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरेको हो । 
    यो साझा स्वतन्त्र प्यानलको उपाध्यक्षमा सुनमाया तामाङ, सचिवमा दानबहादुर बोहोरा, सहसचिवमा सीता धिमाल, कोषाध्यक्षमा सुभद्रा विष्टले उमेद्वारी दिने भएका हुन् । सदस्यहरुमा सरिता राई, अम्बिका लिम्बू, बन्दना कटेल, चित्रकला राई, सोमराज राई, मिलन राई, सन्तोष गुरुङ, रोशन हाङ्बाङ, दिलकुमारी लिम्बू र रेणुका दर्जी रहेका छन् । 
    त्यसैगरी लेखा समितिको संयोजकमा राजेन्द्र भण्डारी, जोन सुब्बा लगायत रहेका छन् ।  

    अध्यक्षका प्रत्यासी भन्छन ‘हामीले जितेपछि विकृतिको अन्त्य हुन्छ’

    उमेद्वारी घोषणा कार्यक्रममा अध्यक्षको उमेद्वार ईन्द्रबहादुर राई (आई.बी.)ले यो प्यानलले जितेपछि शान्ति सामुदायिक वनमा हुँदे आएको सम्पूर्ण विकृतिको अन्त्य गर्ने बताएका छन् । 
    पुरानो समितिले गर्दै आएको अपुरो, अधुरो काम पुरा गर्ने र आफ्नो नेतृत्वले जितेपछि आर्थिक पारदर्शी गर्ने बताए । हालसम्म वनको आम्दानी पूर्ण पारदर्शी नभएको स्वीकार्दै यो टिमले जितेपछि वन पैदावर (काठ, दाउरा) उपभोक्ताहरुलाई समान रुपमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    यो टिमले जित्ने दावी गर्दै उपभोक्ताहरुको सल्लाह अनुसार समुदायलाई अघि बढाउने अध्यक्षको उमेद्वार आईबी राईले बताए । 

    आईबीलाई जिताउन लाग्छुः कुलबहादुर गुरुङ

    उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष कुलबहादुर गुरुङले आईबी राईको टिमलाई जिताउन आफू सक्रीय हुने बताए । कार्यक्रममा स्थानीय कविता पराजुली, तुलशी ढकाल, सन्तोष कार्की, सन्तोष कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

    शान्ति वनका पदाधिकारीको बुझे ११ लाख भत्ता, पाँच लाख बढी ऋण

    पथरी बजारसँगै शान्ति सामुदायिक वन जोडिएको छ । पूर्वमा हरियाली र पश्चिममा मनकामना सामुदायिक वन रहेका छन् । दुबै छिमेकी सामुदायिक वनमा अध्यक्ष लगायत समिति सर्वसहमत चयन भइरहँदा शान्तिमा भने दशक अघिदेखि नै किचलो रहेको देखिन्छ । आर्थिक र वन पैदावर वितरणमा हुने पारदर्शीताको बारे उपभोक्ताहरुले प्रस्न उठाउदै आएका छन् । 
    मंसिर १६ गते शनिबार भएको १५ औं बार्षिक साधारण सभाको उद्घाटन भएको थियो । त्यहा वितरण भएको लेखा समितिको वार्षिक प्रतिवेदनमा मासिक भत्ता, मासिक बैठक भत्ता, अन्य अतिरिक्त कर्यको भत्ता भनेर एउटै पदाधिकारीले तीन शीर्षकमा १ लाख ६७ हजार ८०० सयसम्म बुझेको उल्लेख छ । 
    पाँच लाख बढी ऋण देखाइएको शान्तिको प्रतिवेदनमा कार्यसमितिको पदाधिकारी सदस्यहरुले जम्मा ११ लाख ३० हजार ६०० बुझेको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ । आइबी राईले आफ्नो प्यानलले निर्वाचन जितेपछि यो अवस्थाको सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । 
    अध्यक्षमा आईबी राईसँगै कुलमणी गुरुङ, हेमभक्त तमु, पूर्ण पाख्रिन तामाङले उमेद्वारी घोषणा गरेका छन् । यस अघि हेमभक्त तमु उपाध्यक्ष, कुलमणी गुरुङ कोषाध्यक्ष, आईबी राई र पूर्ण पाख्रिन सदस्य रहेका थिए । 
    शान्तिको एक हजार २६९ उपभोक्ता रहेको शान्तिको १७८.९२ हेक्टर क्षेत्रफल रहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…