• मोरङ । मोरङको पथरीशनिश्चरे १ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुन उदयकुमार राई (दिनेश) अध्यक्षमा सर्वसहमत चयन भएका छन् । 
    राई समूहमा दोस्रो कार्यकालको लागि सर्वसहमत अध्यक्ष बनेका हुन् । सोमबार भएको १५ औं चुनावी साधारण सभाबाट उपाध्यक्षमा जंगबहादुर राई, सचिवमा शन्तमाया शेर्पा, सहसचिवमा मोहनकुमार श्रेष्ठ, कोषाध्यक्षमा मञ्जु लिम्बू सर्वसहमत चयन भएका हुन् । 
    सदस्यहरुमा प्रेम तामाङ, चुनादेवि गुरुङ, यर्मिया लिम्बू, झलक गुरुङ, यामबहादुर लिम्बू, मन्दिरा नेपाली, धनप्रसाद पन्धाक, लिलामाया मगर, श्रीमाया इङनाम र कल्पना विक चयन भएका हुन् । 
    लेखा समितिको संयोजकमा यामबहादुर लिम्बू, सदस्यहरुमा चित्र साँवा, इक्सा यवा चयन भएका छन् । निर्वाचित पदाधिकारी सदस्यहरुलाई निर्वाचन समितिको संयोजक प्रदिपकुमार राईले गोपनियताको सफत खुवाउनुको साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

    वडा अध्यक्षले दिए देशकै उत्कृष्ट बन्न सुझाव

    सधारण सभा उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राईले मनकामना सामुदायिक वन देशकै उत्कृष्ट बनाउन शुभकामना दिए । 
    वडा अध्यक्ष राईले कार्यालयको तर्फबाट मनकामना सामुदायिक वन क्षेत्रमा खुल्ला जिम लगायतमा बजेट विनियोजन भएको जानकारी दिदै समूह र उपभोक्ताहरुलाई सधै सहयोग गर्न तयार रहेको बताए । 
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश समिति महासचिव रेनुका दाहाल, सदस्य अग्नी पौडेल, जिल्ला उपाध्यक्ष मदन पोख्रेल, पथरीशनिश्चरे नगर अध्यक्ष मैनादेवि आचार्य, पथरी सव डिभिजन वन कार्यालयका रेञ्जर प्रदिप क्षेत्री, चौतारी सामुदायिक वन उपभोक्रा समूहका अध्यक्ष टंकप्रसाद लिम्बू लगायतले शुभकामना दिएका थिए । 
    उद्घाटन समापन लगतै भएको बन्द सत्रमा अध्यक्ष उदय राईले प्रस्तुत गरेको भावि कार्ययोजना, कोषाध्यक्ष मन्जु लिम्बूले प्रस्तुत गरेको आर्थिक र लेखा समितिको संयोजक यामकुमार लिम्बूले प्रस्तुत गरेको लेखा प्रतिवेदन पास भएको थियो । समूहले ७० बर्ष उमेर पुगेका बृद्ध बद्धा, अपाङ्ता र एकल महिलालाई नगदसहित सम्मान गरेका थिए । 
     

    मनकामनाको अतिरिक्त आम्दानी १५ लाख बढी

    मनकामना सामुदायिक वनको ८०.७७ हेक्टर क्षेत्रफल रहेको छ । २२२ घरधुरी सदस्य रहेको वन क्षेत्रफलको हिसावले नगरकै सानो देखिएपनि आम्दानी र कृयाशीलताको हिसावले उत्कृष्ट हुनसक्ने अध्यक्ष उदयकुमार राईको दावी छ । 
    सामुदायिक वन भित्र ट्रि हाउस, बाल उद्यन, पोखरी लगायत घुम्न र खेल्न आन्तरिक पर्यटनको घुइचो लाग्ने गरेको छ । 
    मनकामना सामुदायिक वनमा बाल उद्यनबाट ५ लाख ८७ हजार १२३, पिकनिक स्पटबाट ३ लाख ८७ हजार ८७५, खाजा घर टहरा भाडाबाट ३ लाख ६९ हजार ६०५, माछा बिक्रीबाट १ लाख ६१ हजार ६१० गरी वन पैदावर (काठ, दाउरा) बिक्री बाहेक नै बार्षिक १५ लाख ६ हजार २१३ आम्दानि भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । क्षेत्रको हिसावले सानो भएपनि छिमेकी ठूलो क्षेत्रफल भएको वनहरु भन्दा तुलनात्मक हिसावले अतिरिक्त आम्दानी बढी देखिएको छ । 
    पन पैदावर र अतिरिक्त आम्दानि वन ऐन र नियमाली अनुसार खर्च हुने गरेको वन निर्वाृचित अध्यक्ष उदयकुमार राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ ।&n…

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…