• मोरङ । मोरङको पथरीशनिश्चरे १ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको मंसिर २३ गते हुने मतदानको लागि अध्यक्षमा चार, उपाध्यक्षमा पाँचसहित ४० जनाको मनोनयन दर्ता भएको छ । 
    विधान अनुसार मेजर पाँच र खुल्ला चार, महिला चार सदस्य गरी जम्मा १३ जना कार्यसमितिको लागि ३४ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिको संयोजक रुपनारायण भट्टराईले जानकारी दिए । 
    अध्यक्ष पदका लागि पूर्णबहादुर तामाङ (पाखिन), ईन्द्रबहादुर राई (आईबी), कुलबहादुर गुरुङ (कुलमणी) र हेमभक्त गुरुङको उमेद्वारी परेको छ । 
    एक उपाध्यक्ष पदको लागि पाँच जनाको उमेद्वारी दर्ता भएको छ । उपाध्यक्षको लागि नवराज मिश्र, सुनमाया घिसिङ्ग (तारा), गोपाल तामाङ (पुन्य), तकबीर लिम्बू र अटल बहादुर भण्डारीको मनोनयन दर्ता भएको हो । 
    एक सचिवको लागि अनिता थापा, दानबहादुर बोहोरा, सह–सचिवमा, केदार श्रेष्ठ, सीता धिमाल, कोषाध्यक्ष पदमा सुभद्रा निरौला खत्री (विष्ट) र रोमान्सी गुरुङ्ग धिमालको मनोनयन दर्ता भएको छ । 
    चार खुल्ला सदस्यको लागि १२ जनाको उमेद्वारी परेको छ । खुल्ला सदस्यमा मिलन राई, चित्रकला राई, सोमराज राई, सुमन कार्की, सन्तोष गुरुङ, काजीमान विश्वकर्मा (खाती), अमित बहादुर लिम्बू, गंगा बहादुर तामाङ (सार्क), थमान सिं दर्जी, चिरिन्जबि कार्की, टेकबहादुर श्रेष्ठ र हरिमाया गुरागाई प्रसाई रहेका छन् । 
    चार महिला सदस्यको लागि छ जनाले उमेद्वारी दिएका छन् । महिला सदस्य दिलकुमारी लिम्बू केदेम, अम्बिका लिम्बू, गोमा खड्का, बन्दना कट्टेल, जानुका देवि दाहाल (ढकाल)र सरिता राई (फोम्बो) रहेका छन् । 
    लेखा समिति संयोजकमा राजेन्द्र भण्डारी, सदस्यहरुमा जोन सुब्बा र ईन्दिरा दर्जीको मात्र उमेद्वारी परेको छ । त्यसैगरी अनुगमन समितिको संयोजकमा कोषबहादुर विष्ट (केशव), ठाकुर प्रसाद लिम्बु (रोशन) र हिराकुमारी राईको मात्र मनोनयन परेको निर्वाचन समितिको सदस्य देवराज भण्डारीले बताए ।
    लेखा र अनुगमन समितिमा संयोजकसहित ३, ३ जनाको मात्र उमेद्वारी परेको निर्वाचन समितिको सदस्य महेन्द्रकुमार राईले बताए । अनुगमन समितिमा भने अध्यक्षको उमेद्वार कुलमणी गुरुङले दावी विरोध गर्दै पछि मनोनयन गर्नुपर्ने भन्दै निवेदन दिएको निर्वाचन समिति संयोजक रुपनारायण भट्टराईले बताए । यस बिषयमा भोली छलफल हुने बताइएको छ । 

    दुई प्यानलको भिड्दै, स्वतन्त्रको जित्ने दावी 

    ईन्द्रबहादुर राई (आईबी) नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (एस) गठनबन्धनमा रहेको बुझिएको छ । कुलमणी गुरुङको नेतृत्वमा एमालेले प्यानलै उठाएको छ । दुई पार्टीको गठबन्धनका उमेद्वार आईबी निवर्तमान सदस्य हुन भने एमालेको तर्फबाट अध्यक्ष उठेका कुलमणी गुरुङ निवर्तमान कोषाध्यक्ष हुन् ।
    अध्यक्षका अर्का उमेद्वार पूर्ण पाख्रिन र उपाध्यक्षका उमेद्वार नवराज मिश्र एमाले निकटकै हुन् । यद्यपि उनीहरु पार्टीले उठाएको प्यानल भन्दै छुट्टै (स्वतन्त्र) रुपमा उमेद्वारी दिएको बुझिएको छ । 
    अध्यक्ष पदको उमेद्वार हेमभक्त तमु शान्ति सामुदायिक वनको निवर्तमान उपाध्यक्ष (कावा अध्यक्ष) हुन् । हेमभक्त तमु राजनीतिक दलको हिसावले जसपा निकट भएपनि स्वतन्त्र रुपमा अध्यक्ष पदको उमेद्वारी दएका हुन । 
    राजनीतिक दलबाट वितृष्णा फैलिएर भोट नपाउने हो कि भन्ने आशंकाले उमेद्वारहरु सबैले आफूलाई स्वातन्त्र भन्दै भोट मागि रहेको बुझिएको छ । भोट माग्ने क्रममा केही उमेद्वार हरुलाई राजनीतिक पार्टी भनेर आउनेहरुलाई मत दिन्नौ भनेको त कतै १५ बर्षसम्म तिमिलाई नै किन भोट दिनु भनेर वचन दिएको पाइएको छ । 

    नेकपा (एस)सागको संयुक्त प्यानल रहेको कांग्रेस र एमालेले जित्ने दावी गर्ने नै भए । स्वतन्त्र उमेद्वार हेमभक्त तमु र पूर्ण पाख्रिनले समेत आफूले बिजय हाँसिल गर्ने दावी गर्दै आएका छन् । 
    कस्ले विजय हाँसिल गर्ला अहिले नै अनुमान गर्न नसकिने अवस्था रहेको उपभोक्ता दिपेश थापाको भनाइ छ । 

    कांग्रेस र नेकपा (एस) प्यानल


    एमाले प्यानल

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…