• मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविमा आज फुड फेष्टिबल तथा विज्ञान कला प्रदर्शनी भएको छ ।
    पञ्चायत मावि प्रदेश सरकारद्वारा नमुना घोषित विद्यालय हो । विद्यार्थीको अतिरिक्त क्षमता वृद्धि गर्ने उदेश्यले खेलकुद सप्ताह, सांस्कृतिक कार्यक्रम लगायतको क्रियाकलपहरु हुँदैआएको छ । पञ्चायतको बार्षिक कार्यतालिका अनुसार फुड फेष्टिबल तथा विज्ञान कला प्रदर्शनी भएको प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताए । 
    कार्यक्रममा विज्ञानका विद्यार्थीहरुले कक्षामा सिकेका बिषयहरु प्रदर्शन गरेका थिए भने फाइन आर्टका विद्यार्थीहरुले क्यान भाषमा उतारेको चित्रहरु र मुर्तीहरु प्रदर्शन गरेका थिए ।  
    फुट फेष्टिबलमा विद्यार्थीहरुले सेल रोटी तरकारी, भक्का, चट्नी, खिर आलु टमटर अचार, पकौडा, माछा फ्राई, सेकुवा, उसिनेको मकै अचार, मकै भट्मास गुद्रुकको अचार, पुलाउ, पोलेको मकै लगायतका खाद्य परिकार बनाएर बिक्री गरेका थिए । 
    विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई फुट फेष्टिबलका लागि परिकार बनाउने, विज्ञान कला प्रदर्शनको जिम्मा दिइएको सहायक प्रधानाध्यामक बिना राईले जानकारी दिए ।
    विद्यालयमा विज्ञान, शिक्षा, व्यवस्थापन, कानुन, फाइनआर्ट, मानविकी संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । यी संकायहरुमा अध्ययनरत १३ वटा कक्षाको हरेक लाई एउटा स्टल दिइएको थियो । 
    विद्यार्थीहरुलाई उनीहरुकै लगानीमा विक्री भएको रकमसमेत उनिहरुले नै लाने गरी व्यवस्था मिलाइएको थियो । बिहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म फेष्टिबल तथा विज्ञान कला प्रदर्शनी भएको थियो । 
    फुड फेष्टिबल र विज्ञान कला प्रदर्शनीमा शिक्षक तथा विद्यार्थीहरु खानाको परिकार आएर र कला हेरेर रमाइररहेको देखिन्थ्यो । बिभिन्न स्टलमा गएर खानाको परिकारको मजा लिनुको साथै प्रस्तुत विज्ञान तथा चित्र र मुर्तीहरु हेरेर मनोरञ्जन लिइरहेका देखिन्थे । फेष्टिबलमा हरेक समूहमा गाइड गर्न दुई जना शिक्षकलाई जिम्मा दिइएको थियो । पञ्चायत माविमा करिव चार हजार विद्यार्थी अध्ययनरत छन् । फुट फेष्टिबल तथा विज्ञान कला प्रदर्शनीमा पथरीशनिश्चरे नगरपालिका १ न. वडा अध्यक्ष तथा सो विद्यालयको भुतपूर्व विद्यार्थी समाजको अध्यक्ष भीम राई लगायत सहभागी भएका थिए । 

    विदार्थीले राखेको फुट फेष्टिबलमा खानाको परिकार र विज्ञान, कला प्रदर्शनी


     

सम्वन्धित समाचार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–…

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…