• मोरङ । पहिचान आन्दोलनमाथि प्रहरी दमन बढाउदै आजपनि खोटाङ र सुनसरीबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पूर्ब मन्त्री गोपाल किराती, संघर्ष समितिको झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरी, किरात राई यायोक्खा भोजपुरको अध्यक्ष बिदुर राई, धनकुटा, संखुवासभा, तेह्रथुप, सुनसरी लगायतका जिल्लाहरमा ५० बढीलाई नेता, कार्यकर्तालाई प्रहरीले पक्रेर नछाडेपछि सडक÷यातायात बन्दको आयोजना गरेको हो । 
    सडक बन्द गरेको अभियोगमा आज विहानै खोटाङ सदरमुकाम दिक्तेलबाट प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति जिल्ला संयोजक युगसन किरात, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राईलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो ।
    त्यसैगरी सुनसरीको धरानबाट किरात याक्थुङ चुम्लुङ संघीय सल्लाहकार चन्द्रमाया लिम्बू, सचिब शिव इस्बो, सागर धामी, पदम तमाङ, महेन्द्र गुरुङ, रमेश राई, अमित राई, विष्णु तिगेला र टिएन सुब्बा, इटहरीबाट ताराबीर राई, आइत लिबाङलाई प्रहरीले पक्रेको छ । 
    कोशी नाम खारेजी र पक्राउ परेका सम्पूर्ण बन्दीहरुको निसर्त रिहाइको माग गर्दै पहिचानवादी संयुक्त संघर्ष समितिले प्रदेश १ ब्यापी सडक बन्दको घोषणा गरेका हुन् । 
    आन्दोलन सफल पार्न झापा, मोरङ, सुनसरी, उदपुरको बिभिन्न स्थानमा टायर बालेर सडक अवरोध गरिएको छ । मध्ये पहाडी मार्गको बिभिन्न स्थानमा आन्दोलनरत संगठनका नेता कार्यकर्ताहरु सडकमा उत्रिएको छ । 
    मोरङको पथरीमा आज विहानै प्रहरीसँग घम्सा घम्सी भएको छ । आन्दोलनकारीले सडक बन्द गर्ने र प्रहरीले खुलाउन खोज्दा घम्साघम्सी भएको हो । 
    पथरीमा रामभक्त कुरुम्बाङ, अर्जुन जम्नेली राई, दिलु लिङ्देन, सञ्जय राई, केदार धिमाल लगायतको नेतृत्वमा दुई दिनदेखि सयौ कार्यकर्ता सडकमा रहेका छन् । 
    यता इलाममा हिजो पराल बोकेर हिडेको मिनि ट्रकमा आगो संघर्ष समितिले नलगाएको विज्ञप्ति प्रकाशन गरेर जनाएको छ । आन्दोलन शान्तिपूर्ण भएकोले सम्पूर्ण क्रियाकलाप शान्तिपूर्ण रुपमा भइरहेको बिज्ञप्तिमा उल्लेख छ । 
     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…

मोरङ । नेकपा माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगर—९ नं. वडा समितिको शनिबार भएको दोस्रो सम्मेलनल…