मोरङ । मोरङको पथरीशनिश्चरेमा भएको नगर स्तरीय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) फुटबल टुर्नामेन्टको उपाधि बाल्मीकि बोर्डिङ स्कुलले जितेको छ ।
आज (बुधबार) भएको फाइनल खेलमा न्यू प्यागोडा बोर्डिङ स्कुललाई सडन डेथमा पराजित गर्दै बाल्मीकि विजयी भएको हो ।
खेल अवधिभर बाल्मीकिको तर्फबाट बिबेक मगर र उज्वल राईले गरेका थिए भने न्यू प्यागोडा स्कुलको तर्फबाट दुबै गोल आदित्य राईले गोल गरेपछि बराबार भएको थियो । ट्राइब्रेकरमा चार बराबारी भएपछि सडन डेथमा बाल्मीकिले जितेको हो ।
खेल अवधिभर ७ गोल गर्ने न्यू प्यागोडा स्कुलका आदित्य राईलाई हाइ स्कोरर गोल्डेन बुट र प्रमाणपत्र प्रदान गरिएको थियो । बिजेता र उपविजेता टिमलाई नगर शिक्षा विभागका प्रमुख सालिग्राम काफ्लेको हातबाट ट्रफी, मेल, प्रमाणपत्र लगायतका पुरस्कार प्रदान गरिएको थियो । तीन दिनसम्म चलेको प्रतियोगितामा पथरीशनिश्चरे नगरमा रहेको १८ वटा निजी विद्यालयहरुमा अध्ययरत १५ बर्ष मुनिका छात्रहरु फुटबल खेलमा सहमागी रहेका थिए ।
प्याब्सन नगर समितिका अध्यक्ष सुरेन्द्र लिम्बूको अनुसार एसइई परीक्षामा नगरबाट टप अंक ३.९५ जीपीए ल्याउने प्याराडाइज बोर्डिङ स्कुलका निश्चल काफ्ले र कक्षा १२ मा ३.८ ल्याउने रेड स्टर बोर्डिङ स्कुलका बिपिन पोख्रेललाई नगदसहित सम्मान गरेका छन् ।