• मोरङ । मोरङको पथरीशनिश्चरे—१० जिरिखिम्तीमा दलित समुदाय र विभेदसँग सम्बन्धित समस्या नगर प्रमुख मोहनकुमार तुम्बापोले समाधानको प्रयास थालेका छन् ।
    जिरिखिम्तिमा रहेका करिव १५० परिवार मध्ये २५ घर परिवार दलित रहेका छन् । सात महिना अघि एउटा पुराणमा विभदे (छुवाछुत) भएको भन्दै मुद्धा जिल्ला अदालतसम्म पुगेको थियो । 
    मुद्धा अदालत पुगेपछिको चार वटा बिबाह र पुराणहरुमा २५ घर  दलित परिवारलाई निम्तो नगरेर सामुहिक रुपमा विभेद (छुवाछुत) गरिएकोे दलित समुदायको बनाइ छ । यो विषय बिभिन्न सञ्चार माध्यम मार्फत बाहिरिएपछि २०८० पुष २ गते दलित समुदायको सर्वपक्षीय भेलाले गोपाल लकान्द्रीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर संघर्ष सुरु गरेका थिए । 
    एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस) पार्टीका दलित नेताहरुको उपस्थितिमा पुष ११ गते जिरिखिम्तिमा विरोध ¥याली, कोण सभा गरेका थिए । ¥याली पथरीनगर मालिकामा आएर नगर प्रमुख मोहन तुम्बापो र इलाका प्रहरी कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए । 
    समस्या सकाधानको प्रयास स्वरुप आइतबार (पुष १५) गते नगर प्रमुख मोहन तुम्बापोले दुबै पक्षलाई बोलाएर छलफल गराएका छन् । 
    छलफलमा संयुक्त दलित संघर्ष समितिका अध्यक्ष गोपाल लकान्द्री, नरेश घतानी, नेकपा (एस)की केन्द्रीय सदस्य कृष्णकुमारी बिक, नेपाली कांग्रेसकी नेतृ मिना सिन्चौरी, माओवादी निकत दलित मुक्ति मोर्चाको प्रदेश अध्यक्ष हुकुमसिंह नेपाली, एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्तिमोर्चा मोरङ जिल्ला अध्यक्ष किशोर बिक, जिरिखिम्तिको पीडित परिवारहरु सहभागी रहेका थिए । 
    आरोपित पक्षका किशोर खड्का, रमेश ढुङ्गाना, जगत तिवारी, जनक पोखरेल लगायतका छलफलमा सहभागी रहेको बताइएको छ । 
    नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य वीरध्वज शिवा, पूर्व कार्यपालिका सदस्य भद्रमान बिक, जिरिखिम्ति स्थित डाँस मोरङ्गी सावउसका अध्यक्ष मदन पोखरेल लगायत छलफलमा उपस्थिति रहेका थिए । 
    नगरपालिकाले राखेको उक्त छलफलमा दलित समुदायले सामुहिक विभेदको वातावरण तयार पार्ने व्यक्तिहरुलाई कारबाही हुनुपर्ने, कानूनी कारबाही नगरि सामाजिक सद्भव राख्ने भए निम्न वर्गीय दलित परिवारमा सामुहिक पुराण लगाउनुपर्ने, खर्च पीडक पक्षले बेहोर्नुपर्ने, पुराणमा ६५ बर्ष माथि उमेर समूहका सहभागीहुनुपर्ने, दलित समुदायले पकाएको परिकार सबैले ग्रहन (खानु) गर्नुपर्ने, पण्डितहरुले समेत विभेद गर्ने गरेकोले उनीहरुसँग छलफल राख्नुपर्ने लगायतमा प्रस्ताव राखेका थिए ।  
    आरोपित (गैर दलित) पक्षले आफूहरुले विभेद कसैलाई नगरेको, कार्य (बिबाह, पुराण)मा सीमित आर्थिक व्यवस्थापनको कारण सबैलाई निम्तो गर्न नसकेको, युवाहरुको बिबाहमा गैर दलित आर्य समुदायले दलित समुदायको हातको टिको लगाएको तर्क राखेका थिए । दलित समुदायको ¥याली तथा कोण सभामा गैर दलित आर्य समुदायलाई अपशब्द बोलेको भन्दै आपति जनाएका थिए । 
    छलफलमा भएजति सबै दलित घर परिवारलाई निम्तो नभन्नु गल्ती भएको स्वीकारोक्ति आएको थियो । छलफलपछि नगर प्रमुख मोहन तुम्बापोले समस्या समाधानको दिशामा अघि बढेको, नगरको तर्फबाट प्रतिबद्धा पत्र तयार गरेर वाचन गरेर सुनाइएको बताए । साँझ अबेर भएकोले प्रतिबद्धता पत्र फाइनल गरेर दुबैतर्फका प्रतिनिधि मूलक बसेर केहिदिन भित्रै समस्या समाधान गर्ने नगर प्रमुख तुम्बापोले बताए । 
    जिरिखिम्तिमा दलित समुदायका केही अगुवा छुवाछुत सम्बन्धी कानून जस्ताको तस्तै लागू हुनुपर्ने र गैर दलित आर्य समुदायमा परम्परागत रुपमा चल्दै आएको संस्कार विस्तारै अन्त्य हुने, युवाहरुमा विभेदको प्रबाह हुन छाडेको तर अघिल्लो पुस्तामा समस्या रहेपनि हट्दै जाने विचारवीचको समस्या देखिएको थियो ।  

    छलफलमा सहभागीहरु

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …