• मोरङ । झापाका बुलेट किराती (अञ्जेस राई)लाई प्रहरीले पक्रेर नछाडेको भन्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले पुष १८ र १९ गते मेची राजमार्ग बन्दको घोषणा गरेको छ । 
    घुर्मी चिवाभञ्याङ बन्दको क्रममा पक्राउ परेका करिव ७० जना नेता कार्यकर्ता रिहाइको माग राख्दै मंसिर ३० र पुष १ गते प्रदेश ब्यापी यातायात बन्दको घोषणा गरेको थियो । 
    बन्द सफल पार्न क्रियाशिल झापा बुद्धशान्ति गाउँ संयुक्त संघर्ष समितिका संयोजक बुलेट किरातीलाई पुष २ गते प्रहरीले पक्रेर इलामको पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखेको छ । 
    किरातीको रिहाइको लागि संयुक्त संघर्ष समितिको केन्द्रीय कार्यकारी संयोजक डकेन्द्रसिंह थेगिमको नेतृत्वमा पुष ८ र १३ गते प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी बाहुदेव खतिवडा लगायतसँग भेटेर छाड्न चेतावनी दिदा समेत नछाडेपछि यातायात बन्दको कार्यक्रम ल्याएका हुन् । 
    आज (आइतबार) विज्ञप्ति प्रकाशन गरी झुटा आरोपमा मुद्धा चलाएपछि दुई दिन यातायात बन्दको घोषणा गरिएको र यो बन्दले पनि नछाडेमा अनिश्चितकालीन बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । 
    किरातीलाई पिकअफ भेन आगजनी गरेको अभियोगमा मुद्धा चलाएको बुझिएको छ । संयुक्त संघर्ष समितिको संयोजक डकेन्द्रसिंह थेगिमले भने बुलेट किरातीलाई झापामा जिम्मा दिइएकोले इलाममा आएर गाडी आगजनी नगर्ने र घुसपैठमा अरुले नै पिकअफ भेन जलाएको हुनसक्ने बताएका छन् । शान्तिपूर्ण आन्दोलन भएकाले सो घट्ना आन्दोलनकारीको तर्फबाट नजलाइएको थेगिमले बताउदै आएका छन् । 
     

    पहिचानवादीको दुई दिने प्रदेश ब्यापी बन्दमा इलाममा अज्ञात समूले जलाएको पिकअप भेन

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…