•  म्याग्दी, २९ पुस : उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।  

        स्थलमार्गबाट मुुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूूर्वाधार निर्माण र प्रर्वद्धनमा जुुटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयको रु. तीन करोड बढी लागतमा थासाङको तीन वटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माण भएको छ । 

        गुरुसाङवो गुफा, सेकुङ, भुतर्छो ताल थासाङ गाउँपालिकाको वडा नं २ र टिटी ताल वडा नं ५ मा अवस्थित छ् । मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताउनुभयो । “सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका छन्,” उहाँले भन्नुभयो “सडक निर्माणसँगै छोटिएको पदमार्ग र पर्यटकको बसाई लम्बाउन नयाँ गन्तब्य पहिचानसँगै पूर्वाधार निर्माणमा जुटेका छौ ।”

        संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा रु. दुई करोड ९९ लाख ९७ हजार १२६ लगानीमा पूर्वाधार निर्माण भएको हो । पछिल्लो पटक थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको रु. १० लाख लागत साझेदारीमा थप पूर्वाधार निर्माण भएको छ । 

        पहाडको बीचमा रहेको गुरुसाङवो गुफामा पुग्ने २८६ मिटर रेलिङ र सिंढीसहितको पदमार्ग, १९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएको छ । विभिन्न आकृतिका दृश्यावलोकन गर्न सकिने गुरुसाङ्वो गुफामा वौद्ध धर्म गुरुहरुले तपस्या गरेको स्थानीय इन्द्रसिंह शेरचनले बताउनुभयो । बेनी–जोमसोम सडकको लाजुङ र बोक्सीखोलादेखि नाउरीकोटसम्म गाडी र त्यहाँदेखि एक घण्टा पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीमा रहेको पहाडको बीच भागमा रहेको गुरुसाङवो गुफामा पुगिन्छ । 

        बेनी–जोमसोम सडकको ताङछरदेखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने तीन किलोमिटर ५१० मिटर सडक निर्माण भएको थासाङ गाउँपालिकाका इञ्जिनीयर विष्णु बास्तोलाले बताउनुभयो । गोलो आकारको सेकुङ तालको वरपर ढुङ्गा बिछ्याएर १९१ मिटर पैदलमार्ग, १२४.५ मिटर रिटेनिङ पर्खाल र दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण भएको छ । भुतर्छो तालमा २६.५ मिटर रिटेनिङ पर्खाल, १६० मिटर पैदलमार्ग र एउटा दुई कोठे पक्की शौचालय निर्माण भएको छ । करिब ३० मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ । दुई वटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । 

        समुन्द्री सतहदेखि दुई हजार ६८३ मिटरको उचाइमा सल्ला र धुपीका रुखहरु रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब पाँच सय मिटर, चौडाई ५० मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ । थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुख्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ । करिब १५० मिटर लम्बाई र २० मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्री सतहदेखि दुई हजार ७२५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौंरी, भेडाबाख्रा र गाईभैंसीको चरन खर्क छ । सेकुङ र भुतर्छो तालदेखि करिब एक घण्टा ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने टिटी ताल चराहरुको बासस्थान हो । १८६ प्रजाति चराको बासस्थान रहेको टिटी तालमा तीन प्रजातिका हाँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । 
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…