• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले काम गर्दागर्दै घाइते भएका मजदुर तेजबहादुर विश्वकर्मालाई राहत रकम प्रदान गरेको छ ।
    निर्माण कार्य गर्दागर्दै घाइते मजदुर विश्वकर्मालाई नगरको तर्फबाट १० हजार राहत प्रदान गरेको हो । 
    अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समिति पथरी शनिश्चरे नगरपालिकाद्वारा वडा नं. १० का तेजबहादुर विश्वकर्मालाई १० हजारको चेक हस्तान्तरण गरिएको हो । 
    नगरमा गठित अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीम कुमार राईको अध्यक्षतामा भएको कार्यक्रम मार्फत रकम हस्तान्तरण गरिएको हो । 
    राहत हस्तान्तरणपछि नगर प्रमुख मोहन तुम्बापोले नगरपालिका श्रमिक हितमा एक पाइला अघि सरेको बताए । 
    श्रमिक घाइते, अंगभंगहुँदा र विभिन्न तालिमहरु दिन सकिने प्रमुख तुम्बापोले बताए । नगर १ नं. वडा अध्यक्षसमेत रहेका अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीम कुमार राईले नगरले श्रमिक हितको कार्य थालनी गरेको बताए । 
    नगरपालिकामा यो आर्थिक बर्षदेखि श्रमिक सूचिकरण सुरु गरेको छ । साउनदेखि हालसम्म ५६ जना श्रमिकहरु सूचिकृत भएको समितिको सदस्य सचिव सुरेन्द्रकुमार राईले जानकारी दिए । 
    श्रमिक सूचिकरण गर्न रोजगार दाता (ठेकदार)लाई एक हजार, दक्षलाई पाँच र अर्धदक्षलाई तीन सय रुपैयाँ लाग्ने सो समितिले जनाएको छ । सूचिकृत हुने मजदुरलाई नगरपालिकाले परिचय पत्र प्रदान गर्नुको साथै बिभिन्न प्रकारको सहयोग गरिने अध्यक्ष भिम राईले बताए । 
    श्रमिक हितको लागि नगरपालिकाले बार्षिक रुपमा ५ लाख विनियोजन गर्ने गरेपनि कार्यविधि नभएको कारण बिगत आर्थिक बर्र्षमा सो रकम प्रयोग हुन सकेको थिएन । नगरले कार्यविधि बनाएपछि तेजबहादुर बिकलाई औपचारिक रुपमा राहत प्रदान गरिएको यो पहिलो हो । 
    राहत हस्तानतरण कार्यक्रममा समितिका सदस्यहरु हरिप्रसाद सुवेदी, दोर्णबहादुर खड्का, मुना राई, रविन राई र स्थानीय युवा मानबहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…