• मोरङ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम राखिएको दिन फागुन १७ गतेलाई कालो दिवस मनाउने भन्दै सो दिन आम हड्तालको घोषणा गरेको छ ।
    फागुन १७ गते कोशी नाम राखेको एक बर्ष पुग्दैछ । कोशी नाम राखिएकै दिनदेखि प्रदेशमा निरन्तर आन्दोलन चलिरहेको छ । आन्दोलनकै क्रममा ४२ बर्षिय युवा पदमकुमार लिम्बू (लाजेहाङ) सहिद भएका छन भने गजेन्द्र फागोलाई प्रहरीको गोली लागेर हालसम्म घाइते छन् । 
    करिव १० महिनाको वीचमा मुख्यमन्त्री हिक्मत कार्की, उद्धप थापा र केदार कार्कीलाई ओखलढुङ्गा, झापाको दमक लगायतका स्थानमा कालो झण्डा प्रदशनको साथै सवार गाडीमा तोडफोड भएको छ । मन्त्री र प्रदेश सांसदहरुलाई कालो मोसो दल्ने, वंश गद्धार घोषणा गर्नुको साथै गाउँ प्रवेशमा समेत समस्या गर्दै आएको छ । 
    संयुक्त संघर्ष समितिको पुष २६ र २७ गते सुनसरीको धरानमा बसेको बैठकले फागुन १७ गतेलाई कालो दिवस मनाउने र सो दिन प्रदेशमा आम हड्तालको घोषणा गरेको छ । 
    बैठक पछि प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सभा, सरकार र त्यहा प्रतिनिधित्व गर्ने दलका नेताहरु जिम्मेवार भएर पुनः नामाङकनको प्रक्रिया अघि नबढाएमा कोशी नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउन २०८० फागुन १७ गते प्रदेशभर आम हड्ताल गर्ने र स्थित हेरेर हड्ताल अनिश्चितकालीन लान सकिने ।’
    पुनः नामकरनको आन्दोलन जनताको साझा नागरिक आन्दोलन भएकोले संघीय मन्त्री र सांसदहरुसँग आर्थिक सहयोग संकलन गर्ने निर्णय भएको उल्लेख छ । 
    विज्ञप्तिमा भनिएको छ ‘पहिचानको आन्दोनल जनताको साझा नागरिक आन्दोलन भएको कारण संघीय मन्त्री, सांसद, कर्मचारी, उद्योगी, व्यवासायी र शुभचिन्तकहरुसँग आर्थिक सहयोग गर्न अपिल गर्दै उहाँहरुसँग रकम संकलन गर्ने । प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभा सदस्यहरुलाई कालो भण्डा प्रदर्शन लगायतका पूर्ब घोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने ।’

    सुनसरीको धरान स्थित पत्रकार महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विज्ञप्ति
    २०८० पुष २८ गते

    प्रेस विज्ञप्ति
    पत्रकार मित्रहरु नमस्कार
    प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति बिगत १० महिना अघिदेखि प्रदेशको नाम कोशी खारेजीको आन्दोलनमा शसक्त रुपमा लागिरहेको सबैमा विदितै छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको केन्द्रीय बैठक २०८० पुष २६ र २७ गते सुनसरीको धरान स्थित चुम्लुङ हिममा सम्पन्न भयो । बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी गराउद छौं । 


    बैठकका निर्णयहरु
    १) २०७९ फागुन १७ गते डकैती शैलीमा कोशी नाम राखिएपछि भइरहेको पहिचानको आन्दोलनलाई जनसमुदायिकरण, राष्ट्रिय, अन्तराष्ट्रि«यकरण भएको र कसैले हार्नु नपर्ने, पुनः नामकरण भए आम जनताको जित हुने बुझेर आन्दोलन अझ शसक्त बन्दै गएको समीक्षा गरियो ।
    २) पहिचानको आन्दोलनलाई शसक्त बनाउन जिल्ला जनजागरण अभियान अन्तर्गत २०८० माघ १३ गते प्रदेशको १४ जिल्लामा नै प्रशिक्षण÷भेला आयोजना गर्ने, यसको लागि केन्द्रीय प्रतिनिधि तोकिएको र संयुक्त संघर्ष समितिलाई वडा तहसम्म गठन, पुनःगठन र प्रशिक्षण सशक्त रपमा गर्ने ।
    ३) सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कोशी नामको बोर्ड, लेटरप्याड, स्ट्याम्प राखिएको चलाइएको भए सम्बन्धित कार्यालयको प्रमुखलाई हटाउन अनुरोध गर्ने, नहटाए पहिचानको लागि युवाको केन्द्रीय, जिल्ला, स्थानीय समिति र संघर्ष समितिको स्थानीय तहलाई हटाउने र मेटाउने कार्यक्रम २०८० माघ १३ देखि फागुन १० गतेसम्म सम्पन्न गर्नेे ।
    ४) प्रदेश सभा, सरकार र त्यहा प्रतिनिधित्व गर्ने दलका नेताहरु जिम्मेवार भएर पुनः नामाङकनको प्रक्रिया अघि नबढाएमा कोशी नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउन २०८० फागुन १७ गते प्रदेशभर आम हड्ताल गर्ने र स्थित हेरेर हड्ताल अनिश्चितकालीन लान सकिने । 
    ५) पहिचानको आन्दोनल जनताको साझा नागरिक आन्दोलन भएको कारण संघीय मन्त्री, सांसद, कर्मचारी, उद्योगी, व्यवासायी र शुभचिन्तकहरुसँग आर्थिक सहयोग गर्न अपिल गर्दै उहाँहरुसँग रकम संकलन गर्ने । प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभा सदस्यहरुलाई कालो भण्डा प्रदर्शन लगायतका पूर्ब घोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने ।
    ६) इलाम क्षेत्र नंं. २ मा हुने उपनिर्वाचनमा पहिचानवादी शक्तिहरु एकताबद्ध भएर साझा उमेद्वार तय गर्ने । 
    ७) पहिचानवादी संयुक्त संघर्ष समितिको नीति बिपरित गतिविधि गर्ने घटक संगठनका नेता, कार्यकर्ताहरुलाई सम्बन्धित संगठनले कारबाही गर्नुपर्ने, सो संगठनले नगरेमा त्यस्ता व्यक्तिलाई संयुक्त संघर्ष समितिले अस्वीकार गर्नुको साथै कारबाही गर्ने । 
    ८) वर्तमान संविधानको रक्षा, संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न वतर्मान पार्टीहरुका नेताहरुले नसक्ने परिस्थितिमा वा रक्षा गर्न नचाहेमा निकट भविश्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्दै, देशैभर माहोल सिर्जना गर्ने । 
    ९) इलाम जेलमा पुर्पुक्षमा रहेका आशिष साम्बा लिम्बू रिहाइको पहल र घट्नामा अर्को कुनै पक्ष दोषि भए अध्ययन गरेर कारबाहीको लागि सम्बन्धित निकायलाई सहयोग हुनेगरी राष्ट्रिय जनमुक्ति पार्टीको महासचिव पदम जवेगुको संयोजकत्वमा टुपेन्द्र येक्तेन(जसपा) र पुष्पा राई(यायोक्खा जिल्ला अध्यक्ष, इलम) सदस्य रहेको अध्ययन टोली गठन गरियो ।
    १०) पहिचानको आन्दोनल शान्ति, संमृद्धि, समाजवाद स्थापित गर्न र साझा राष्ट्रियता निर्माण, नेपाली राष्ट्रियतालाई मजबुत बनाउने जनताको साझा नागरिक आन्दोलन भएकाले नेपाल पत्रकार महासंघ, फोनिज, समुदायगत र पत्रकारसँग सम्बन्धित संगठनहरुलाई संगठित रुपमै प्रचारप्रशारमा लाग्न आम पत्रकारहरुसँग आपिल गर्ने ।
    प्रदेश नाम ‘कोशी’ – खारेज गर । प्रदेशको नाम ‘कोशी’ – मुर्दावाद । सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् । पहिचानको आधारमा प्रदेश नं. १ को – पुनः नामकरण गर ।

    पत्रकार सम्मेलनको तस्वीरहरु

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …