• दिपक बास्तोला  उर्लाबारी, मोरङ

    देशैभर स्थानीय तह निर्वाचन सकिएको १ वर्ष बितिसकेकाे छ । जनताले आफ्नो ठाउँको विकासका लागि अमूल्य मत दिएर आफ्ना प्रतिनिधिहरूलाई चुनेका छन् ।

    मोरङ्  जिल्ला उर्लाबारी नगरपालिका वडा नम्बर ५ मा जनप्रतिनिधिकाे रूपमा रबिन लामा वि।सं। २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष भएकाे हुन्।
    लामा नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास थियो । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ।

    नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएकाे १ वर्ष बितिसकेकाे छ ।गाउँ-गाउँमा सिंहदरबारको नारा विकासले वडाकाे मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा लामा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

    अघिल्लो पटकभन्दा यस पटक सब वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ । नवनिर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् । साेही क्रममा उर्लाबारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रबिन लामासँग गरेकाे कुराकानी सम्पादित अश:

    तपाईं चुनाव जितेर आएको १ वर्ष वितिसकेको छ, आफ्नो वडाभित्र के–के समस्या देख्नुभएकाे छ?

    मैले उर्लाबारी नगरपालिका वडा नम्बर ५ भित्र थुप्रै समस्या देखेको छु । स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा ठूलो समस्या छ । बेरोजगारीका साथै बालबालिका र गर्भवतिलाई स्वास्थ्य सेवा प्रयाप्त मात्रमा छैन ।
    खानेपानीको समस्या छ । सरसफाईको जटिलता छ । कर्मचारी व्यवस्थापन, सुशासन र भ्रष्टाचार नियन्त्रणको चुनौती छ । यी सबै क्षेत्रमा काम गर्नपर्ने छ । मैले यी समस्याको पहिचान गर्दै योजनाबद्ध र क्रमिक रुपमा सुधारका काम गर्दै लैजाने छु ।

    तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता दिनुभएकाे छ?

    जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु । मेरो कार्यकालमा उर्लाबरी नगरपालिका वडा नम्बर ५ मा रहेका बेरोजगार युवालाई रोजगारीको वातावरण सिर्जना गर्नेछु । बेरोजगार युवालाई कृषि उत्पादमा जोडेर व्यवसायीकरणमा प्रेरित गर्ने छु । कृषिमा जोड दिदैं खेतीतर्फ आकार्षण गर्न विभिन्न तालिमहरू सञ्चालन गरिने छ ।
    त्यस्तै युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना गर्नेछु । मानिस उद्यमशीलतामा लागे वडाको विकास हुनेमा म विश्वस्त छु। यो तराई क्षेत्र हो । हाम्रा तमाम युवा भारत र खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न विवस् छन् । उनीहरूको श्रमको हामीले मुलुकमै सदुपयोग गर्न सके वडाको विकासलाई कसैले रोक्न सक्दैन।


    उर्लाबारी नगरपालिका वडा नम्बर ५ मा शिक्षा, स्वास्थ्य लगायतकाे क्षेत्रमा निकै पछि रहेको भन्नु भएकाे छ, ती समस्यालाई कसरी सम्बाेधन गर्नुहुन्छ?

    उर्लाबारी नगरपालिको वडा नम्बर ५ मा शिक्षा र स्वस्थ्यमा म निकै गम्भीर छु । गुणस्तर शिक्षा दिनका लागि हामी योजना बनाएका छाैँ ।हामी कहाँ-कहाँ कमजोर रहेछौं त्यसको पहिचान गर्दै ती समस्यालाई सम्बाेधन गर्दै अगाडि बढ्ने छाैँ।
    सामान्य उपचारका लागि जनताले भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने छ । अहिलेलाई हाम्रो वडामा स्वास्थ्य साखा छ। यसलाई व्यवस्थित व्यवस्थापन गर्नेछौं । केही संवैधानिक तथा आर्थिक कठिनाइहरू पनि छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । तर त्यसलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं ।

    स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी?

    तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिँदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिबद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।

    भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिन चाहन्छु ।

    त्यसो भए भ्रष्टाचाररहित वडा बनाउन सक्नेमा विश्वस्त हुनुहुन्छ?

    म एकदमै विश्वस्त छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिबद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने छु ।

    तपाईं निर्वाचित भइसकेपछि जनताले तपाईंप्रति राखेका अपेक्षा के-कस्ता छन्?

    जनताका अपेक्षा असिमित रहेका छन् । जनताको प्रमुख आवश्यकता भनेको स्वास्थ्य, शिक्षा र रोजगारी नै हो । हाम्रा तमाम युवा रोजगारीको शिलशिलामा विदेशिनु परेको छ । त्यसका बाबजुद पनि उहाँहरूले विदेशबाट आएर आफ्नो ठाउँको विकासका लागि मलाई अमूल्य मत दिएर विजयी गराउनु भएको छ ।
    यो कुरामा म गम्भीर र सधैँ सचेत रहने छु । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ मेरो प्रयास रहने छ । व्यावसायिक कृषि पालनमा युवालाई आकर्षित गरेर रोजगारीको सिर्जना गर्ने हाम्रो योजना छ । यसले युवालाई देशमै स्वरोजगार बनाउनेमा म विश्वस्त छु ।

    तपाईंलाई काम गर्न वडामा कुनै कानुनी अड्चक छन्? पालिका सरकारबाट के भइदियोस् भनेर चाहनु हुन्छ?

    म २०७४ सालमा निर्वाचित वडा सदस्यमा रहेर काम गरेको हुनाले पनि धेरै काम गर्न सहज भएको छ । केही संवैधानिक कठिनाइहरू पनि छन्। जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं ।

    त्यस्ता जटिलताबाट बच्न विवेक प्रयोग गर्दै प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा हामीअघि बढ्ने छौं । कानुनी अड्चनलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं।


    जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ? के गर्ने योजना छ?

    स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी निमुखाको पनि कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं ।

    प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ५ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

    अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ?

    उर्लाबारी नगरपालिका वडा नम्बर ५ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

    जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याकाे समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु।
    जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडि विकास गर्दै लगिने वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

    अन्तमा म पुन: के भन्छु भन्दा खेरी हामी जनप्रतिनिधि वडाको समस्या समाधान गर्दै सुन्दर वडा निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । वडाको काममा साथ दिनुहोला । कमि—कमजाेरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्ने छु । यही भन्न चाहन्छु । धन्यबाद

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…