मोरङ । मोरङको पथरी शनिश्चरे नगर खेलकुद महोत्सवको बुद्धिचाल तर्फ आठौ चरणको खेल समाप्तिहुँदा निलम बस्नेत ७.५ अंकसहित शीर्ष स्थानमा पुगेका छ ।
बस्नेतले २ पटक मोरङ जिल्ला च्याम्पियन भएका अमिर राईलाई पराजित गरेका थिए । दोस्रो खेलमा भने पुकार राईले बराबरीमा रोक्न सफल भएका थिए ।
खेलको आठाैँ राउण्ड सकिदा निलम बस्नेत ७.५, तिर्थराज सुब्बा र अमिर राई समान ७ अङ्क रहेका छन । पुकार राई ६.५, लोकसागर साम्बा, आतेजंग राई, ओस धिलाम, रोशन ढुङ्गाना, तेजपाल सुब्बा, कृष सम्बाहाङ, अनिस तामाङको समान ६ अंक रहेको छ ।
बिद्यालयतर्फ एभरेस्ट आमाबिको रोशन ढुङ्गाना ६ अङ्कसहित शीर्ष स्थानमा, कीर्तिपुर एकेडेमीका अनुज खतिवडा र सिंहबाहिनीका अग्रज खड्का समान ५ अङ्क रहेको आरबिटर डम्बर बाछना राईले बताए ।
फाइनल ९ औ राउण्डको खेल निलम बस्नेत भर्सेज देबेन्द्र वनेम लिम्बू, तिर्थराज सुब्बा भर्सेज अमिर राई, लोकसागर साम्बा भर्सेज पुकार राईवीच प्रतिष्प्रर्धा हुने भएको छ ।