• मोरङ । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   
    आज भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

    खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित लिम्बुले गोलको खाता खोलेका थिए । त्यसपछि सुवास तामाङले २४ औं मिनेटमा अर्काे गोल गोल थपे । खेलको दोस्रो हाफको २ मिनेटमै पुनः अंकित लिम्बुले गोल थपे । यस्तै दोस्रो हाफको २१ औं मिनेटमा संजोग राईले गोल गरेका थिए भने पुनः २७ औं मिनेटमा सुवास तामाङले गोल थपे ।  
    खेलको म्यान अफ द म्याच सिरिजंगाका २ गोलकर्ता अंकित लिम्बु घोषित भए । उनलाई वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले नगद रु. २ हजार सहित ट्रफी प्रदान गर्नुभयो । भोलिको खेल नाजारिन वाई.सी. र देविगन्ज एफ.सी. बीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…