• काठमाडौँ, २२ फागुन  । हराएको ३३ केजी सुन पत्ता लगाउनका लागि उर्लाबारी नगरपालिका ७ का ३५ वर्षीय सनम शाक्यको जंगलमा करेन्ट लगाएर गिरोहले हत्या गरेको खुलेको छ।

    १४ फागुन देखि अचानक घरबाट हराएका शाक्यलाई गिरोहले मोरङको उर्लाबारी १ स्थित जंगलमा लगेर करेन्ट लगाउँदै गायब भएको साढे ३३ केजी सुन पत्ता लगाउने क्रममा हत्या गरेको खुलेको हो।

    अबैध सुनको ओसार पसारमा संलग्नसनमलार्ई गिरोहले अपहरण गरेर सिरहाको लहानमा लगेर बन्धक बनाएर राखेको थियो।

    काठमाडौंबाट आएका सुन कारोबारका नाईकेसँगको भेटपछि पनि सुनको रहस्य नखुलेपछि शाक्यलाई गिरोहले अन्य दुई जना साथीसहित उर्लाबारी नगरपालिका १ स्थित उत्तरतर्फको कान्छि चौक आसपासको सोल्टि खोलाको किनारको जंगलमा लगेर करेन्ट लगाएर कुटपिट गर्दै यातना दिएको थियो।

    होलीको अघिल्लो दिन र होलीको दिन उनीहरु जंगलमा बियर र रक्सी खाँदै दिनभर जंगलमा यातना दिएर सोधपुछ गरेको र राती ईटहरी आसपासको होटलमा बास बस्ने गरेका थिए। सनमको शव वेपत्ता बनाउने जिम्मा जीप चालकलाई दिइएको थियो।

    होलीको दिन यातना दिने क्रममा मृत्यु भएपछि १९ फागुनमा शव ठेगाना लगाउन जीप चालक काभ्रेको देउपुर गापा १२ का २९ वर्षीय टेकराज मल्ललाई जिम्मा दिइएको थियो। त्यसपछि उनले शव बोर्डरमा लगेर ठेगान लगाउन बिराटनगरतर्फ आउने क्रममा प्रहरीले टेकराजलाई नियन्त्रणमा लिएर शाक्यको शव बरामद गरेको थियो।

    त्यसपछि टेकराजकै बयानका आधारमा प्रहरीले उर्लाबारी नगरपालिका ७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र उर्लाबारी नगरपालिका ५ बस्ने ३७ वर्षीय मोहन काफ्लेलाई ईटहरीबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार नरेन्द्र र मोहन दुवै जना सुमनका सहयोगी हुन्। गिरोहले उनीहरुलाई पनि जंगलमा लगेर यातना दिएका थिए। जीपको ब्याट्रीबाट तार तानेर उनीहरुलाई करेन्ट लगाउने काम चालक मल्लले गरेका थिए।

    सुनको अबैध कारोबारमा ठूलो गिरोह सक्रृय रहेको र उनीहरुको खोजी भैरहेको एसपी अरुण बिसीले बताए । उनले भने, ‘पुर्वमा सुनको तस्करीमा को को संलग्न छन् भन्ने हामीले नाम संकलन गरिसकेका छौँ क्रमश सबैलाई पक्राउ गर्ने छौँ ।’

    बिराटनगर महानगरपालिका ३ पोखरिया क्षेत्रको दुर्गाचौकबाट प्रहरीले बिशेष सूचनाका आधारमा गुडिरहेको बा १२ च ५९६३ नम्बरको स्कारपियो जीपलाई घेरा हालेरजीप भित्र लुकाएर राखेको शाक्यको शव फेला परेको थियो । शव डिकी भित्र तौलिया र मेट्रेसमा बेरेर लुकाएर राखिएको थियो । शव ठेगान लगाउन चालक मल्लले एक दिनभरि गाडीमा राखेर डुलाएका थिए । तर उचित स्थानको अभावमा उनले शव लुकाउन सकेका थिएनन् ।

    सुन तस्करीमा सहभागी भरिया सनम शाक्य अपहरणमा परेको जानकारी पाएर फलो गर्दै आएको काठमाडौंस्थित प्रहरी अपराध महाशाखा टेकु र मोरङबाट खटेको प्रहरीको टोलीले घटनामा संलग्न थप मे १ ज ५३३५ नम्बरको टाटा जेनन जीप सहित करेन्ट लगाउन प्रयोग गरिएको व्याट्री, मोवाईल र बन्दोबस्ती समानहरु शनिवार रातीनै जंगलमा छापा मारेर बरामद गरेको थियो । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…