• ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ खेल क्षेत्रको ग्रेट इभेन्ट हो । खेलक्षेत्रको बिकास र खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य राखेर माघ ६ गतेदेखि सुरु भएको प्रथम ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ सिजनको अन्तिम चरणमा पुगेको छ । 
    महोत्सवमा भएका खेलहरु मध्ये बुद्धिचाल, म्याराथुन र कराते÷तेक्वन्दोको नजिता आइसकेको छ । बुद्धिचालतर्फ १०२ जना खेलाडी सहभागी भएका मध्ये शनिबार (माघ १३) भएको फाइनल राउण्डमा प्रथम हुने निलम बस्नेत लगायत १२ जना पुरस्कृत हुने खेलाडीहरुका नाम सार्वजनिक भइसकेको छ । 
    सुक्रबार (माघ १२)मा भएको मिनि म्याराथुनको पुरुषतर्फ सरोज सिंह प्रथम भए । सोपुन राई र आशिष मण्डल दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ जमुना आले, अंकिता राई र मञ्जु जिमी क्रमस प्रथम, दोस्रो र तेस्रो भएका छन् । 

    महोत्सवमा १० वटा टिम सहभागी भएको फुटबलतर्फ नोजारिन र सिरिजंङ्गा फुटबल क्लववीच १५ गते फाइनल हुदैछ । भलिबलतर्फको खेल भोली (माघ १४) २ भर्सेज ९ नं. र क्रिकेटमा १ भर्सेज ५ नं. वडावीच फाइनल खेल हुने पथरी शनिश्चरे नगर खेलकुद समितिको अध्यक्ष दीपक राईले बताए । भोलीनै दुई महिला फुटबलरवीच मैत्रीपूर्ण खेलहुने नगर खेलकुद विकास समितिको सदस्य सचिव नवीन खुलालले जानकारी दिए । 
    प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो र मिनि म्याराथुन गरी ७ विधामा प्रतियोगिता भइरहेको छ । यी विधाहरुमा ६ सय बढी खेलाडीहरु सहमागी भइरहेका छन् । फुटबलको फाइनल समाप्तिसँगै माघ १५ गते महोत्सवको अत्य हुने आयोजक समितिले जनाएको छ । महोत्सवको सम्पूर्ण खर्च करिव १५ लाख पथरीशनिश्चरे नगर खेलकुदको रकमबाट भएको हो । महोत्सव माघ ६ गते प्रस्तावित पथरी रंगशालामा नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतित्थ्यतामा खेल क्षेत्रका भ्याट्रन तथा युवा खेलाडीहरुवीच उद्घाटन भउको थियो । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…