• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका - ९ आदर्श चोकस्थित भिमसेनथान मन्दिरको शनिबार उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबिच कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले मन्दिरको उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले विविधता बिचको एकता नै नेपालीको साझा सम्पत्ति भएको बताउनुभयो ।

     प्रदेशसभा सदस्य गौतमले धार्मिक एकता कायम राख्नुपर्नेमा जोड दिदै सबै जातजाति र धर्मको चाडपर्वको संरक्षण गर्नुपर्ने बताउनुभयो । सबै जातजातिको धर्म संस्कृतिको संरक्षण गर्न सकेमा मात्र नेपालीको पहिचान कायम रहने बताउनुभयो । उहाँले आगामी २ बर्षभित्रमा चिउरामिल- गाईघाट सडक कालोपत्रले पूर्णता पाउने बताउनुभयो । 

    अहिले पनि सो सडक खण्डमा कालोपत्रको योजना संचालन भईरहेको बताउनुहुँदै उहाँले २ बर्षभित्रमा उर्लाबारी नगर क्षेत्र सम्ममा पुरा भईसक्ने बताउनुभयो । सो क्रममा भिमसेनथान मन्दिर संरक्षण समितिका अध्यक्ष दिलकुमार श्रेष्ठले प्रदेशसभा सदस्य गौतमलाई मन्दिरको बिकासका लागि मागपत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेल , उर्लाबारी ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, समाजसेबी सुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने मन्दिर निर्माणमा सहयोग पुर्याउनु हुने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …