• खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ आज (मंगलबार) फुटबलको फाइनलसँगै पुरस्कार वितरण गरेर समापन भएको छ । 
    सात वटा विधामा भएको खेलकुद प्रतियोगितामा फुटबलमा १० वटा टिमले प्रतिस्पर्धा गरेको थियो । 
    फाइनल खेलमा नजरिन युथ क्लवलाई १—० गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा फुटबल क्लव प्रतियोगिता च्याम्पियन बनेको हो । 
    खेलसुरु भएको २ मिनेटमै सिरिजङ्गा फुटबल क्लवका खेलाडी संयोग थापाले गरेको गोल नै फाइनल प्रतियोगिताको निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ द म्याच गोल कर्ता थापा घोषित भए । 
    खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने नजरिन युथ क्लवका बादल लिम्बूले गोल्डेन गोल, सोही टिमका रक्षक अभिषेक तामाङले गोल्डेन ग्लोब्स र सर्बाधिक चार गोल गर्ते कल्याण फुटबल टिमका सुरज याक्खाले गोल्डेन बुट पाएका छन् । 
    खेल बिजेता टिमलाई एक लाख र उपविजेता नजरिनलाई ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्रहरु नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, १ नं. वडा अध्यक्ष भिमकुमार राई, २ का नैन राई, ८ का नवीन कार्की, १० का जीवन खतिवडा, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, स्वास्थ्य प्रमुख मुरारी आचार्य लगायतको हातबाट वितरण भएको थियो । 
    फुटबल खेलको समापनसँगै महोत्सवमा क्रिकेटमा बिजेता १ नं. वडा टिम, उपविजेता ५, भलिबलमा बिजेता २ नं. वडा, उपविजेता ९ नं. वडा, बुद्धिचालमा प्रथम निलम बस्नेत लगायत १२ जना, मिनि म्याराथुनमा महिला जमुना गुरुङ लगायत र म्याराथुनमा पुरुष बिजेताहरु, कराते, तेक्वान्दो, महिला फुटबलमा बिजेता, उपविजेता लगायत घोषित पुरस्कार, ट्रफी, प्रमाणपत्र र मेडलहरु प्रदान गरिएको छ ।  
    माघ ६ गतेदेखि सुरु भएको प्रथम ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ १० दिनपछि आज बिशेष समारोहवीच समापन भएको हो । 
    बिभिन्न विधामा करिब ६ सय खेडाली सहभागी खेलमा करिव दुई सय जना खेलाडी पुरस्कृत भएको नगर खेलकुद बिकास समितिको सदस्य सचिव नवीन खुलालले बताए । महोत्सवको करिव १५ लाख खर्च पथरीशनिश्चरे नगर खेलकुद सम्बन्धी बिनियोजित बजेटबाट भएको हो ।
     

    नगर प्रमुख भन्छन ‘खेल क्षेत्रबाट पथरीशनिश्चरेको परिचय र प्रचार हुन्छ’ 

    नगर खेलकुद महोत्सव समापन कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले खेल क्षेत्रले नगरको परिचय र थप प्रचारहुँदै गएको बताए । 
    खेलकुद क्षेत्रबाट निरन्तर प्रचार गर्नुपर्ने बताउदै नगरपालिका खेल र खेलाडी बिकासमा लाग्ने बताएका छन् । 
    खेलकुद महोत्सवको लागि अपुग भएको रकम गएको हिउँदे अधिवेशनले थप गरिएको र आगामी बर्षमा अझ वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
    नगर प्रमुख तुम्बापोले महोत्सव सफल पार्न लाग्ने नगर खेलकुद बिकास समिति, बिभिन्न विधाका अगुवाहरु मिडिया क्षेत्र, खेलाडी र नगरबासीहरुलाई धन्यवाद दिए । 

    समापन कार्यक्रमको तस्वीरहरु

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…