मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पञ्चायत माविमा हुने पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा नगरमा रहेका २६ वटा विद्यालयहरु सहभागी हुने भएका छन् ।
पथरीशनिश्चरे नगरमा रहेका ११ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयबाट खेलकुदमा सहभागीहुने आयोजक पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए । खेलकुद प्रतियोगितामा दुई सय बढी विद्यार्थी सहभागि हुनेछ ।
प्रतियोगितामा भलिबल (महिला, पुरुष), कबड्डी (महिला, पुरुष),, एथलेटिक्स (दौड सयदेखि ४ हजार मिटरम्म), उफ्रने फ्याक्ने हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट कराँते र तेक्वान्दोमा चार, चार तौल समूहमा प्रतिष्पर्धाहुने भएको छ ।
भलिबल लगायत प्रतियोगिता गराउन मैदान तयारीमा पञ्चायत माविका शिक्षक र विद्यार्थीहरु लागिहेका छन् । प्रतियोगिता माघ १८ देखि २० गतेसम्म पञ्चायत माविको खेल मैदानमा हुने भएको हो ।