• उर्लाबारी नगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको बक्राहा घाटको शवदाह स्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबारबाट ढलाइ कार्य सुरु भएको हो ।

    ढलान सम्पन्न भएपछि शवदाह स्थलको ८० प्रतिशत निर्माण कार्य पुरा हुने ‘बक्राहा विष्णु गंगा घाट’ संचालन समितिका उपाध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभयो ।उर्लाबारी नगरपालिकाले वृहत परियोजना अन्तर्गत क्रमागत बजेट छुट्याएर बक्राहा घाट निर्माणलाई तीब्रता दिएको छ ।

    ढलान भएसंगै तीन स्थानमा शव जलाउने संरचना तयार हुने खतिवडाको भनाई छ । शवदाह स्थल निर्माणभए लगतै किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा, प्रशस्त पार्किङ तथा पुलदेखि घाटसम्म पेवल विच्छ्याउने सहितको अत्याधुनिक बक्राघाट निर्माणको काम थालनी हुने नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो ।

    खोला पश्चिमतर्फका बासिन्दालाई सहज हुने गरी झोलुङे पुलपनि बनाइने उहाँको भनाइ छ ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…