• उर्लाबारी नगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको बक्राहा घाटको शवदाह स्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबारबाट ढलाइ कार्य सुरु भएको हो ।

    ढलान सम्पन्न भएपछि शवदाह स्थलको ८० प्रतिशत निर्माण कार्य पुरा हुने ‘बक्राहा विष्णु गंगा घाट’ संचालन समितिका उपाध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभयो ।उर्लाबारी नगरपालिकाले वृहत परियोजना अन्तर्गत क्रमागत बजेट छुट्याएर बक्राहा घाट निर्माणलाई तीब्रता दिएको छ ।

    ढलान भएसंगै तीन स्थानमा शव जलाउने संरचना तयार हुने खतिवडाको भनाई छ । शवदाह स्थल निर्माणभए लगतै किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा, प्रशस्त पार्किङ तथा पुलदेखि घाटसम्म पेवल विच्छ्याउने सहितको अत्याधुनिक बक्राघाट निर्माणको काम थालनी हुने नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो ।

    खोला पश्चिमतर्फका बासिन्दालाई सहज हुने गरी झोलुङे पुलपनि बनाइने उहाँको भनाइ छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…