• उर्लाबारी नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको गृहकार्य सुरु गरेको छ । उर्लाबारी चोकबाट पायक पर्ने स्थानमा शौचालय निर्माणका लागि नगरपालिकाले जग्गा खोजी प्रक्रिया थालेको हो ।उर्लाबारी ५ स्थित निर्माणाधिन नेपाल बैँक लिमिटेडको भवन पछाडी रहेको जग्गामा नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्नेगरि योजना बनाएको छ ।

    मंगलबार प्राविधिक टोलीसहित नगर प्रमुख गंगाप्रसाद खरेल, प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे, अधिकृत नगेन्द्रप्रसाद तिम्सिना लगायतले सो स्थलमा जग्गा नापजाँच गरेको थियो ।उर्लाबारीमा सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले ५० लाख रुपैया बजेट समेत बिनियोजन गरेको छ । सो स्थानमा आधुनिक शौचालय तथा व्यवसायिक भवन बनाउँदै लैजाने नगरपालिकाले योजना बनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…