• उर्लाबारी नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको गृहकार्य सुरु गरेको छ । उर्लाबारी चोकबाट पायक पर्ने स्थानमा शौचालय निर्माणका लागि नगरपालिकाले जग्गा खोजी प्रक्रिया थालेको हो ।उर्लाबारी ५ स्थित निर्माणाधिन नेपाल बैँक लिमिटेडको भवन पछाडी रहेको जग्गामा नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्नेगरि योजना बनाएको छ ।

    मंगलबार प्राविधिक टोलीसहित नगर प्रमुख गंगाप्रसाद खरेल, प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे, अधिकृत नगेन्द्रप्रसाद तिम्सिना लगायतले सो स्थलमा जग्गा नापजाँच गरेको थियो ।उर्लाबारीमा सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले ५० लाख रुपैया बजेट समेत बिनियोजन गरेको छ । सो स्थानमा आधुनिक शौचालय तथा व्यवसायिक भवन बनाउँदै लैजाने नगरपालिकाले योजना बनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…