• कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमतिअनुसार प्रदेशको पुनः नामाकरण सम्बन्धमा सरकार र  आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइनेछ । 

    यही हुन् सहमति भएका पाँच बुँदा

    १. प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

    २. आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

    ३. पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

    ४. पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

    ५. अर्काे वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।

सम्वन्धित समाचार

काठमाडौं । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ । मुक्कुमलुङम…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमिति मोरङको आयोजनामा भएको ‘प्रथम अन्तर स्कुल टिम बुद्धि…

हेम गिरी कोलोराडो/संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा सं…

मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन …