• मोरङ । मोरङको पथरी उद्योग वाणिज्य संघमा चुनावी साधारण सभाको बिषयलाई लिएर फेरी किचलो भएको छ । 
    चुनावी साधारण सभाको बिषयलाई लिएर उद्योग वाणिज्य संघको निर्वाचनमा सुक्रबार ताला लागेको छ । 
    गत निर्वाचनबाट बिजय भएर आएका अध्यक्ष धनकुमार तामाङले राजिनामा दिएपछि संघमा बिभिन्न बिषयमा किचलोहुँदै आएको छ । अर्कै किचलोमा महासचिव राजेन्द्र बस्नेतसमेत बाहिरिएका छन् । 
    एकपछि अर्को किचलोमा रहेको संघको आगमी फागुन ५ गते १९ औं चुनावी साधरणसभा र ७ गते निर्वाचत तोकिएको थियो । यसैवीच कोषाध्यक्ष बिजयजंङ्ग बस्नेत औला काट्नुपर्ने गरी अप्रेसनको लागि काठमाडौंमा अस्पताल भर्ना भएपछि किचलो थपिएको हो । 
    साधारण सभा अघि आर्थिक हिसावको अडिट गर्नुपर्नेमा अकास्मत अप्रेसन गर्नै पर्नेभएपछि कोषाध्यक्ष बिजयजंङ्ग बस्नेत काठमाडौ जानुपरेको बुझिएको छ । संघको सदस्य देवी राईको अनुसार कोषाध्यक्ष बस्नेतको आइतबार (माघ २८ गते) काठमाडौंमा अप्रेसन (औला काट्नुपर्ने) रहेको छ । 
    बस्नेतले काठमाडौंबाट संघलाई पत्र लेख्दै आफ्नो अप्रेसन गर्नै पर्ने भएपछि अडिट तत्काल गर्न नभ्याइएकोले साधारण सभा सार्न माग गरेका थिए । कोषाध्यक्षको पत्र आएपछि कार्यबाहक अध्यक्ष यादब दुलालको अध्यक्षतामा सचिवालयको बैठक बसेर चैत्र १४ गते साधारण सभा सार्ने निर्णय भएपछि सुक्रबार तोकिएकै मितिमा चुनाव गर्न माग गर्दै संघको कार्यालयमा ताला लागेको हो । 
    संघको कार्यबाहक अध्यक्ष यादव दुलालले तोकिएकै मितिमा साधारण सभा र चुनाव गर्न लागिरहँदा कोषाध्यक्षबाट अचानक निवेदन आएपछि केही समय सार्न निर्णय गरिएको बताए । कोषाध्यक्ष आएर तत्काल अडिट भए अझै अघि गर्न आफूहरु तयार रहेको कार्यबाहक अध्यक्ष दुलालको भनाइ छ । 
    यद्यपि संघका पूर्व अध्यक्ष दिपक बस्नेत, समितिको पूर्व सदस्य तेजेन्द्र राजभण्डारी, स्थानीय ब्याबसायी हेमचन्द्र बास्तोला लगायतको टोलीले कार्यालयमा ताला लगाएका हुन् ।
    कोषाध्यक्ष बस्नेत उपचारको लागी अस्पताल भर्ना भएको कारण साधरण सभा सार्ने निर्णय भएको सदस्य देवी राईले बताए । कोषाध्यक्ष बस्नेतको मानवीय संवेदनालाई समेत वास्ता नगरी एक्कासी ताला लगाउने कार्य गलत भएको बताए । कोषाध्यक्ष बस्नेतले अस्पताल भर्नाको कागजहरु र अप्रेसन गर्नुपर्ने औलाको तस्वीरहरु समेत संघ पदाधिकारी सदस्यहरुको ग्रुपमा पठाएको बताइएको छ । 
    संघको पूर्ब अध्यक्ष दीपक बस्नेतले भने अडिट तत्काल गर्न सकिने र बाहानाबाजीमा चुनाव सार्ने प्रयास भएको बताएका छन् । पछिल्लो किचलो संघका बर्तमान पदाधिकारी, सदस्यहरु, पूर्ब पदाधिकारीहरु र राजनीतिक दलका नेतृत्वहरु बसेर समस्या समाधान गर्न सकिने समेत कार्यबाहक अध्यक्ष यादवचन्द्र दुलालको भनाइ छ ।

    अप्रेसन गर्नुपर्ने कोषाध्यक्ष बस्नेतको औला


     

     

सम्वन्धित समाचार

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …