• लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बु) समुदायको वंशावली सार्वजनिक भएको छ । १० वर्ष लामो खोज अनुसन्धानपछि शुक्रवार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावलि सार्वजनिक गरिएको थियो ।

    सांवा वंशावलिका अध्यक्ष धनप्रसाद सांवाको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त, वंशावलि सार्वजनिक कार्यक्रममा झापा मोरङ सुनसरी लगायतका जिल्लाका फेम्सोहाङ लिबाङ लिम्बुहरुको उपस्थिति रहेको थियो । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँवाले वंशावलि पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण कार्य रहेको भन्दै अनुसन्धानकर्तालाई धन्यवाद ज्ञापन गरेका थिए ।

    साथै चुनौतिपूर्ण कार्यमा केही समस्या हुन सक्ने हुँदा केहि कमिकमजोरी रहे अनुसन्धानकर्तालाई सुझाव दिएर सहयोग गर्न आग्रह गरेका थिए ।कार्यक्रममा बोल्दै लेखन तथा संकलन टोलीका संयोजक ताराहाङ लिम्बुले पुस्तकमा भएका कमिकमजोरीलाई सुझावको रुपमा ग्रहण गर्दै दोश्रो संंकरणमा थप सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएका थिए ।

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…