उर्लाबारी । नेपाल तामाङ घेदुङ संघ उर्लाबारी ८ र ९ को आयोजनामा मोरङको उर्लाबारी ९ दुर्गापुरीमा जारी २८६० औं सोनाम ल्होछार महोत्सव तथा सास्कृतिक कार्यक्रममा आज माघ २८ गते नेपाल आइडल पहिलो सिजनका पहिलो रनर अप गायक निशान भट्टराई र द अन्तरा ब्यान्ड को प्रस्तुति रहने छ ।
माघ २५ देखि सुरु भएको सोनाम ल्होछार महोत्सव तथा सास्कृतिक महोत्सवमा नेपाल तामाङ घेदुङ संघ का उपाध्यक्ष तथा उर्लाबारी नगरपालिका वडा न ९ का वडा अध्यक्ष समेत रहनु भएका नरबहादुर मोक्तानको एकल लगानीमा गायक निशान भट्टराईलाई उक्त महोत्सवमा ल्याउन लागिएको आयोजकले जानकारी दिइएको छ ।
यहि माघ २५ देखि सुरु भएको उक्त महोत्सव ५ दिन सम्म लाग्ने छ । महोत्सवको अन्तिम दिन राष्ट्रिय गायक डम्बर नेपाली को प्रस्तुति रहने छ ।