• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको चुनावी साधारण सभामा अध्यक्षका लागि दीपक बस्नेत र महासचिवका लागि अशोक साम्पाङ राईलाई सर्बसहमत बनाउन पहल भइरहेको छ । 
    पथरी उद्योग वाणिज्य संघ (पथरी उवा संघ)को १९ औं चुनावी साधारणसभा फागुन ५ गते उद्घाटन र ७ गते निर्वाचन हुँदैछ । 
    निर्वाचनको लागि भोली ४ गते मनोनयन दर्ताहुने कार्यतालिका सार्वजनिक भएको छ । यो पटक पथरी उवा संघलाई सर्वसहमत नेतृत्व चयन गर्न करसत भइरहेको बुझिएको छ । अध्यक्षमा दीपक बस्नेत, महासचिवमा अशोक साम्पाङ राई लगायत सम्पूर्ण कार्यसमिति सर्वसहमत बनाउन उद्योगी तथा व्यवसायीहरु लागिरहेको बुझिएको छ । 
    नेपाली कांग्रेस, एमाले, माओवादी (केन्द्र), जसपा, नेकपा (एस), राप्रपा, रास्वपामा सम्बद्ध स्थानीय नेतृत्व र ब्यापार व्यावसायीहरु सर्वसहमत बनाउन लागिरहेको नेपाली कांग्रेसका नेता नगेन्द्र सुब्बाले जानकारी दिए । 
    अघिल्लो निर्वाचनबाट निर्वाचित संघका अध्यक्ष धनकुमार तामाङले राजिनामा दिएपछि बरिष्ठ उपाध्यक्ष यादवचन्द्र दुलालले कार्यबाहक अध्यक्ष चलाउदै आएका छन् । महासचिव राजेन्द्र बस्नेतसमेत समितिमा नरहेपछि संघ पटक पटक विवादमा तानिदै आएका थिए ।  
    पथरी उवा संघको विवादित छबिलाई सम्बाल्न अध्यक्षमा पुन दीपक बस्नेत र महासचिवमा अशोक साम्पाङ राईलाई ल्याउनुपर्ने आवश्यकता भएको लोकनाथ खरेलको भनाइ छ । यी दुई जनाको नेतृत्वमा बिभिन्न संगठनमा आस्था राख्ने व्यपारीहरु पर्नेगरी सर्वसहमत बनाउन प्रयास भइरहेको बुझिएको छ । 
    यसका लागि नेपाली कांग्रेसबाट नगेन्द्र सुब्बा, गणेश खड्का, एमालेबाट दिलिपकुमार राई, देबराज भण्डारी, माओवादी केन्द्रबाट गंगा सुब्बा, कमल हाङ्बाङ लिम्बू, बेदनिधी खनाल, नेकपा (एस)बाट मानप्रसाद लिम्बू, राप्रपाबाट रमेश बिष्ट, रास्वपाबाट हिक्मत श्रेष्ठ लगायत लागिरहेको बुझिएको छ । 
    नागरिक बचाउ अभियानबाट हेमचन्द्र बास्तोला, तेजेन्द्रराज भण्डारी लगायतको टोली समयमै निर्वाचन गराउन पहल गरिरहेको बुझिएको छ । 
    संघमा यस पटक ७६१ जना सदस्यको सदस्यता नवीकरण भएको र १४८ आजीवन सदस्यसहित ९०९ जना मतदाता रहने निर्वाचन समितिको संयोजक अर्जुनकुमार बुढाथोकीद्वारा हस्ताक्षरित कार्यक्रम अनुसारको नामावली प्रकाशन भएको छ । गएको निर्वाचनमा १८ सय बढी सदस्य रहेका थिए । 
    अघिल्लो कार्यकालमा अध्यक्ष दीपक बस्नेत र महासचिव अशोक साम्पाङ राईको नेतृत्वमा संघको भवन निर्माण कार्यको सुरु भएको थियो । गत कार्यकालमा अध्यक्षको राजिनामासँगै समिति भित्र पटक पटक विवाद भएपछि सो भवन पूर्ण रुपमा अझै सम्पन्न भएको छैन् । सो भवन पूर्ण निर्माणको लागि पनि पुन बस्नेत र साम्पाङको नेतृत्व आवश्यकता रहेको बिभिन्न संगठनहरुमा आवद्ध ब्यापारीहरुको बुझाइ रहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…