•  राप्रपाकी नेतृ हुन, रेखा थापा । चलचित्र क्षेत्रमा अझ अब्बल छिन् । नेतृत्वदायी भुमिका बहन गर्ने क्षमता राख्ने रेखाको थुप्रै डाईहाट  फ्यान छन् । 
    राप्रपाको माहौल बनाउन सबैतिर पुगेकी रेखाको निजी जिवनमा अध्यक्ष लिङ्देनले अन्टसन्ट बोलेपछि बिबादमा तानिए । लिङ्देनमाथि गालिको बर्षा भयो । त्यसैले लिङ्देनको क्रेज घट्दो छ । कारण रेखा भएकै कारण राप्रपा मान्नेहरु छान्नेहरु धेरै थिए । नेपाली सिने जगतकी सफल अभिनेत्री हुन, रेखा । तर मास भेला पर्न मन जित्न लिङ्देनले युज गरे । उल्टै आफ्नो पार्टीको नेतृलाई तथानाम भने । पार्टीभित्र विवाद बढ्दै जाँदा राप्रपाका नेताहरूबीच घोचपेच र कटाक्ष शुरू भयो । 

    एक अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिलाई लिएर अभिनेत्री समेत रहेकी नेतृ रेखा थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष नै गर्नु पर्यो । । ‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन रे त ? आफ्नो छोरा मिसनरी स्कूलमा पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नी ? थापाले सामाजिक सञ्जाल ट्वीट नै हानिन् ।  

    सन्तान जन्माउन विदेश गएको भन्दै लिङ्देनले रेखाको आलोचना गरेका थिए । दुई वर्षअघि भएको महाधिवेशनमा रेखाले लिङ्देनकै प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेकी थिइन । यसैबिच रेखा थापाको आगामि फागुन २५ गते बहुप्रतिक्षित फिल्म उपहार रिलिज हुदैछ । टेलरले राम्रो प्रतिक्रिया पाईरहेको छ । मिनी एमालेको उपमा पाएका लिङ्देनले बधाई त के रेखाको पोष्टमा लाईक पनि हानेका छैनन् । किनकी रेखालाई देखाएर मास भेला पार्नु थियो, युज गर्नु थिया, जान्ने बुझ्नेहरु यसै भन्छन् । तर रेखालाई के थाहा , उनी त कर्तब्यनिष्ट भुमिका थिईन् । अमेरिकामा ‘बेबी प्लान’को विषयमा नेतृ तथा अभिनेत्री रेखा थापा आफ्नै दलका नेताबाट आलोचित बन्नु दुर्भाग्य भएको उर्लाबारी—९ प्रदिप धिमाल बताउन्  । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखाको ‘बेबी प्लान लाई लिएर कटाक्ष मात्र गरेनन् , स्टन सम्म गर्न भ्याए । 

    रेखाले पनि लिङ्देनले आफ्नी छोरीलाई अमेरिका पढाउने र अरुलाई उपदेश दिने भन्दै जवाफ फर्काएपछि राजेन्द्रको मुखमा बुझो नै लागो , नाजावाफ भए । एउटै दलका यी दुईबीच भनाभन नै र्पयो । आफ्नै दलका नेताबाट आलोचित रेखालाई अर्को दल कांग्रेसका नेताले भने बधाई दिँदै मुक्तकण्ठले प्रशंसा गरेर वाहीवाही कमाएका छन् । 


    रेखासँगै मोरङ—३ मा चुनाव लडेका कांग्रेस सांसद सुनिल शर्माले रेखालाई हक्की र निडर महिला तथा बहिनी भन्दै उनको आगामी फिल्म ‘उपहार’को लागि बधाई तथा शुभकामना दिए । उनले आगामी दिनमा सहकार्य हुनसक्ने भन्दै रेखाको मुक्तकण्ठले प्रशंसा गरे ।

    ‘निकै कौतुहलता जगाउने ट्रेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाइट अझै माथि पु¥याउने आशा एवम विश्वास राखेको छु । रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने हक्की, निडर र महिला दिदीबहिनको पिर बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ, सहयोग र शुभेच्छा सँधै रहनेछ । सहकार्य रहनेछ सांसद शर्माले लेखेका छन् ।’


    शर्माले ‘उपहार’को ट्रेलर पनि सेयर गरे । सांसद शर्माले यो फिल्मको छायांकनको लागि केमएमसीको सुविधा समेत उपलब्ध गराएको उल्लेख गरे । 
    सम्भवत जिरो मत रहेको मोरङ ३ मा रेखाले गत प्रतिनिधिसभाको चुनावमा १० हजारभन्दा बढी मत ल्याएकी थिइन । उनको फिल्म ‘उपहार’ फागुन २५ गते प्रदर्शन तयारीमा छ । रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा उनको आफ्नै शीर्ष भूमिका छ ।
     

सम्वन्धित समाचार

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको …

 कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमु…