• पथरी । क्यान्सर रोगबाट पीडित संगिता लिम्बुलाई इजरायलबाट सहयोग प्राप्त भएको छ । सोमबार पथरीशनिश्चरेस्थित सिरिजंघा धार्मिक वनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी किरात याक्थुम चुम्लुङ इजरालले पठाएको नगद रु. २ लाख ७५ हजार ९ सय रुपैयाँ लिम्बुलाई हस्तान्तरण गरिएको हो ।
    किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य खिनमाया लिम्बूले ताप्लेजुङ थुङ्मेदिनकी क्यान्सर पीडित लिम्बुलाई सो रकम हस्तान्तण गरेकी हुन् । किरात याक्थुम चुम्लुङ इजरायलकी सचिव नुमा काङ्बा बोखिम (भारती)को संयोजनमा सो रकम संगिता लिम्बुलाई हस्तान्तरण गरिएको हो । इजरायलबाट आएको सो सहयोग रकम पथरीशनिश्चरेकी पार्वता लिम्बूको संयोजनमा उक्त रकम विरामीले पाएकी हुन् ।


    विरामी लिम्बुको हाल भरतपुरको क्यान्सर अस्पतालमा उपचारको लागि ५ लाख बढी खर्च भइसकेको छ । लिम्बुको आर्थिक अवस्था कमजोर रहेको हुनाले विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आइरहेको छ । ५ सन्तानकी आमा संगिता विगत एक वर्ष देखि क्यान्सरबाट पीडित रहेको र आर्थिक सहयोग जुटाउन सके बाँच्न सक्ने अवस्था रहेको डाक्टरहरुले बताएको उनले आँसु झार्दै भनिन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…