• मोरङ । मोरङको पथरीशनिश्चरे—१० मा आजदेखि ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप—२०२४ आज (बिहिबार)देखि सुरु भएको छ ।
    आज भएको उद्घाटन खेलमा बिर्तामोड युनाइटेड एफसी झापालाई १—० गोल अन्तरले पराजित गर्दै बेलबारी एफसी मोरङ दोस्रो चरणमा प्रवेश गरेको छ । 
    पहिलो हापमा बेलबारीका लागि विरेन लिम्बूले गरेको गोल नै बेलबारीका लागि निर्णायक बन्यो । उद्घाटन खेलको म्यान आफ द म्याच बिजेता बेलबारीका आदित्य तामाङ घोषित भए । भोलीको खेल रारा एफसी धनकुटा र कन्चनजंङ्गा एफसी भारतवीच प्रतिष्पर्धा हुने भएको छ । 
    कार्यक्रमको उद्घाटन पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, भुटानी शरणार्थी शिविर सचिव करण राई लगायतको उपस्थितिमा खेल उद्घाटन भएको हो । प्रतियोगितामा पूर्बी नेपाल र भारतको एक गरी १० वटा टिम सहभागी हुने बताइएको छ । 
    प्रतियोगितामा विजेतालाई २ लाख र १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…