मोरङ । मोरङको पथरीशनिश्चरे-१० मा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल खेलमा फेयर फुटबल क्लब धरान प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
आज भएको खेलमा टेन नबोदयलाई २-० गोल अन्तरले पराजित गर्दै फेयर फुटबल क्लब धरान दोस्रो चरणमा प्रबेश गरेको हो ।
फेयर क्लब धरानका लागि पहिलो र दोस्रो हापमा कृष्ण राईले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमका मन्जिल खड्का घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल डाँगिहाट एफ.सी. र एपीएफ पकली बिच हुने आयोजककले जानकारी दिए ।