•  मोरङको उर्लाबारीमा फाल्गुन २५ गतेदेखि पाँचौ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी फूटबल क्लबको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगितामा उर्लाबारीका ९ वडा ले खेल्न छन । उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन रहेको पाचौ सस्करणको उक्त प्रतियोगितालाई उर्लाबारी नगरपालिकाले कुल ५ लाख रुपैया सहयोग गरेको छ भने उक्त प्रतियोगिता समापन गर्न कुल लागत ७ लाख अनुमान गरिएको उर्लाबारी फूटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फूटबल संघ का केन्द्रिय सदस्य दिपेन्द्र धिमालले जानकारी दिनुभएको छ ।

    जिल्ला फुटवल संघ मोरङको प्राबिधिक सहयोगमा हुने उर्लाबारी मेयरकपको पाचौ सस्करणको बिजेता ले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन । सनिवार भएको पत्रकार सम्मेलनमा अखिल नेपाल फूटबल संघ का केन्द्रिय सदस्य तथा उर्लाबारी फूटबल क्लबका अध्यक्ष दीपेन्द्र धिमाल , मोरङ फूटबल संघका उपाध्यक्ष विशाल तामाङ ,उर्लाबारी युवा क्लबका अध्यक्ष रोहित थापा र उर्लाबारी युवा क्लबका सचिव तथा सञ्चार क्लब नेपालका पुर्व अध्यक्ष घनश्याम भण्डारी बोल्नु भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …