• पूर्बी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको सांस्कृतिक कथामा आधारित चलचित्र ‘सुगुप’को आगामी फागुन २५ गते मोरङको पथरीशनिश्चरेमा प्रिमियर शो हुने भएको छ । 
    सुगुप महिलालाई सुत्केरी बेथा लागेर हुने पीडासँग लिम्बू समुदायको सांस्कृतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको चलचित्र हो । 
    चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बोद्वारा निर्मित चलचित्रमा प्रेम सुब्बा, मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको छ । त्यसैगरी यासेली योङहाङ, सुम्निमा खापुङ लगायतको भूमिका रहेको छ ।
    चलचित्रको निर्देशन लोकेन साँवाले गरेका हुन् भने पटकथा देबेन्द्र खापुङले तयार गरेका हुन् । 
    हङकङमै ब्यबसाय गर्दै आएका रबिनकुमार नाल्बो मुख्य निर्माता रहेको सुगुपमा दिलमाया नाल्बो, सैलेन्द्रकुमार नाल्बो, झापाबाट जितेको संघीय सांसद एलपी साँवा, मनिसा नाल्बो, श्रीप्रसाद माबो, रामप्रसाद पंधाक सह—निर्माता रहेका छन् ।
    युवराज राईले नेपाल र भारतको बिभिन्न स्थानमा छायाङ्कन गरेको चलचित्र सुगुपको सम्पादन बिपिन मल्ल, संगीत अशोक राई, नृत्यमा कमल राई र द्वन्द्व किशोर सम्बाहाङफेको निर्देशन रहेको छ ।
    प्रशव सुत्केरी व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने लिम्बू समुदायमा प्रचलन छ । 
    मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार सुगुपमा आधारित चलचित्रको फागुन २५ गते पथरीशनिश्चरे—२, स्थित शिनभिलेज पार्टी प्यालेसमा प्रदर्शनी गरिने स्थानीय धनप्रसाद साम्बाले जानकारी दिए । 
    पथरीमा चलचित्र सुगुप प्रदर्शनको लागि धनप्रसाद साम्बा, मुदेङ्छङ साम्बा, केबि लिम्बू, बलिहाङ लिम्बू, दिनेश खालिङ राई, दिल आङ्बुहाङ लगायतको टोली टिकट बिक्रीमा लागिरहेका छन् । पथरीशनिश्चरेमा चलचित्र प्रर्र्दशनको लागि संयोजन अशोक नाल्बो, नरेन्द्र सङ्बाहाम्फेले गरिरहेका छन् । साढे पाँच सय टिकट बिक्री भइसकेको र हजारभन्दा बढी बिकेमा दुई दिन प्रदर्शनको हुने स्थानीय आयोजकले जनाएको छ । लिम्बू संस्कृतिमा आचारित चलचित्र हेर्न चाहनेहरुको लागि टिकट खुल्ला रहेको अशोक नाल्बोले जानकारी दिए । 
    हङकङमा पहिलो पटक प्रिमियर शो भएको सुगुप काठमाडौंमा फागुन १२ र १७ गते, पथरीशनिश्चरेमा २५ र २६ पछि विराटनगरमा २८ गते प्रदर्शनको तयारी भइरहेको चलचित्र निर्माण पक्षले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…