• मोरङ । मोरङको पथरीशनिश्चरे नगरको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिहरुले हर्क साम्पाङले गर्दै आएको कामको चर्चा भएको छ । 
    नगरको सार्वजनिक सुनुवाई कार्यक्रम सुक्रबार पथरीशनिश्चरे—९ स्थित शनिश्चरे बजारमा भएको थियो । 
    सार्वजनिक सुनुवाई कार्यक्रममा अमृतामाया तामाङले प्रदेशबाट मगरटोलको लागि आएको खोला तट्बन्धनको बजेट अर्कै स्थानमा लगेर मगरटोलको नभएर अर्कै स्थानको उपभोक्ता समितिले काम सम्पन्न गरेको बिषयमा गुनासो गरेका थिए । 
    सो बिषयको जवाफ दिने क्रममा नगर प्रमुख मोहन तुम्बापोले प्रदेशको बजेटबाट हुने निर्माणको बारे नगरमा सल्लाह नलिने मात्र नभएर जानकारीसम्म नदिने गरेको बताएका थिए । नगर प्रमुख तुम्बापोले रातो किताबमा नदेखिएको बजेटहरु समेत ल्याएर काम सम्पन्न गरिसक्दासम्म नगरलाई जानकारी नदिने गरेको बताएका थिए । 
    नगर प्रमुखले यसो भनिरहँदा अर्का एकजना उठेर प्रति प्रस्न गरे ‘जनप्रतिनिधिले आफ्नो नगरमा भएको काम थाहा पाइन भनेर हुन्छ, हर्क साम्पाङले धरान उपमहानगरपालिकालाई जानकारी नगराइ कसैले केही गर्न नपाउने भन्दाहुँने पथरीशनिश्चरेमा जानकारी दिदैन भनेर धर पाइन्छ ?’ प्रस्न गर्दै पथरीशनिश्चरेका जनप्रतिनिधिहरु पनि हर्क साम्पाङ जस्तै हुनुप¥यो भने ।
    उनको जवाफ दिदै नगर प्रमुख मोहन तुम्बापोले भने ‘‘म हर्क साम्पाङ नै त हैन नि त ।’ ‘हर्क साम्पाङ र हाम्रो काम गर्ने तरिका फरक हुनसक्छ ।’’ भनेर जवाफ दिएका छन् । 
    सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले यो आर्थिक बर्षको कुल ८२ करोड ३४ लाख बजेटमा चालुतर्फ ६४ प्रतिशत र पुँजीगततर्फ ३६ प्रतिशत बिनियोजन भएकोमा साधरण (चालु) तर्फको ३४ र पुँजिगततर्फ २९ प्रतिशत खर्च भइसकेको तथ्याङ्क प्रस्तुत गरेका थिए । नगरको २५७ वटा योजना मध्ये अधिकांश तिब्र गतिमा निर्माण भइरहेको विवरण पेश गरेका थिए । 
    कार्यक्रममा नगरको ४ नं. वडाका पूर्ब अध्यक्ष गोबिन्द भण्डारीले धुलाम्य सडकहरुलाई कालोपत्रे गरेर नगरलाई स्मार्ट नगरको रुपमा बिकास गर्नुपर्ने सुझाव दिएका थिए । पथरीशनिश्चरेलाई औद्योगिक सहर बन्छ बन्दैन, खेर गइरहेको युवा शक्तिलाई उत्पादनमा लगाउने योजना के छ भनेर ओम पौडेलले प्रस्न राखेका थिए । 
    सार्वजनिक सुनुवाई कार्यक्रममा कृष्णकुमारी बिक, चन्द्रकान्त भट्टराई, ओम पौडेल लगायतले प्रस्न तथा सुझाबहरु पेस गरेका थिए ।  
    उठेका जिज्ञासाको नगर प्रमुख मोहन तुम्बापो, प्रमुख प्रशाकीय अधिकृत शशि राई, ४ नम्वर वडा अध्यक्ष लोककिरण न्यौपाने लगायतले जवाफ दिएका थिए । 
    कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष नवीन कार्की, वडा नं ४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ७ का वडा अध्यक्ष उद्ववराज बस्नेत, लेखा शाखा प्रमुख पिताम्बर वस्ति, स्वास्थ्य बिभाग प्रमुख मुरारी आचार्य, योजना शाखा प्रमुख शिवकुमार राई लगायतको उपस्थिति रहेका थिए । 
    पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको कानेपोखरी मिडिया प्रा.लि.ले सहजिकरणले गरेका थिए । कार्यक्रम बाबुराम निरौलाले सञ्चालन गरेका थिए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…