• मोरङ । मोरङको पथरीशनिश्चरे—१० मा आयोजित ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप—२०२४’ को उपाधि पथरीशनिश्चरे शिविले उचालेको छ ।
    आज (आिइबार) भएको फाइनल खेलमा झापा बेलडागी शिविर (बीवाईसी)लाई १—० गोल अन्तरले पराजित गर्दै मोरङ पथरीशनिश्चरे शिविरले उपाधि उचालेको हो । 
    पहिलो हापको ११ औ मिनेटमा पथरीशनिश्चरे शिविरका सागर तिवारीले गरेको गोल नै फाइनल खेलको निर्णायक बन्यो । 
    दुबै टिममा तीन तीन जना नाइजेरियन अश्वेत खेलाडीहरु मैदानमा थिए । आयोजक पथरीशनिश्चरे शिविरबाट ग्लोरी, अल्लु, टोरो र बेलडागी शिविरबाट भेर्रती, डेभिड र मुसा नाम गरेका अश्वेत खेलाडीहरु रहेका थिए । 
    प्रतियोगिमा म्यान आफ द सिरिज शनिश्चरे शिविरका खेलाडी राजु मगर घोषित भए, त्यसैगरी उदियमान खेलाडी शनिश्चरे शिविरकै न्युसन धिमाल, बेष्ट फरवार्ड सागर क्षेत्री र बेष्ट कोच अशोक राई पुरस्कृत भए । 
    बेष्ट मिड फिल्डर बेलडाँगी शिविरका खेलाडी उमेश कार्की र हाइ स्कोरर नाइजेरियन खेलाडी डेबिड पुरस्कृत भए । 
    बिजेता र उपबिजेता टिम र खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बपो, उपप्रमुख देवीमाया काफ्ले, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, शिविर सचिव करण राई, राज गुरुङ, स्थानीय समाजसेवी प्रदीपकुमार राई लगायतबाट विजेतालाई २ लाख र १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान  प्रदान गरिएको थियो । 
    प्रतियोगितामा दुई वटा शिविर, पूर्बी नेपालको सात र भारतको एक गरी १० वटा टिम सहभागी रहेको सुमन कुरुम्बाङले बताए । प्रतियोगिताको फाइनल खेल हेर्न दशौ हजार फुटबल प्रेमी दर्शक मैदानमा उपस्थिति रहेका थिए । 
    मैदानमा विवाद देखिएपछि होहल्लावीच हानाहान
    फाइनल खेलको अन्तिम समयमा बेलडागी शिविरका खेलाडीलाई खुट्टामा हानेर बिपक्षीले लडाएको तर अम्पाएरले फल नलिएको बिषयमा बिबाद भएको थियो । मैदानमा खेलाडी र अम्पाएरवीच विवाद भएपछि बाहिरबाट पानीको बोतल तथा केही ढुङ्गा प्रहार भएको थियो । 
    विवाद कै वीच खेल सकिएपछि बेलडागीका दर्शक मैदान पसेर अम्पाएर विरुद्ध आक्रमक देखिएका थिए । त्यसको केही समयपछि दुई पक्षवीच हानाहानको स्थिति आउँदा केही घाइते भएको बुझिएको छ । खेल अवधीभर अत्यान्त सानदार भएपनि अन्तिम समयमा आएर मैदानमै हानाहान भएपछि खल्लो महसुस भएको थियो । हानाहान हुदा प्रहरीको सुरक्षा व्यवस्था भने फितलो देखिएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिबार समापन भएको …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरको पथरी साकेला थानमा शनिबार किरात राई समुदायको सांस्कृतिक चाड सोकेला सि…

मोरङ । मोरङको कानेपोखरी—७, स्थित कानेबेराङमा सुक्रबार धिमाल समुदायको जातिरी मेला समापन भएको छ ।…

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ ।  न…