• ईटहरी / ईटहरी – २० तरहराकी १७ वर्षीया परिश्मा दाहाललाई मोडलिङ र मनोरञ्जनको दुनियाँमा उदाउँदै गरेकी प्रतिभावान युवतीका रुपमा हेरिन्छ । ईटहरीको कोशी सेन्ट जेम्स कलेजमा वाणीज्य संकायमा अध्यनरत उनी ईटहरी र आसपासका क्षेत्रमा हुने गरेका सौन्दर्य प्रतियोगीता र फेसन सो हरुमा देखिन थालेकी छन् ।

    पहिलो पटक मिस ईटहरी भन्ने सौन्दर्य प्रतियोगितावाट यो क्षेत्रमा देखा परेकी उनी ईटहरी र वरीपरी हुने फेसन सोसहितका कार्यक्रममा सहभागि बनेर छोटो समयमै चर्चा बटुल्न सफल भएकी छन् ।

    नायीका र सफल मोडल बनेरै छाड्ने अठोट बोकेकी रुप र सौन्र्यकी धनि उनी काठमाण्डौ बाहिर बसेर गर्न नसक्ने र नहुने कुरामा आफु विल्कुल सहमत नरहेको तर्क गर्छीन । काठमाण्डौ पनि नेपाल नै भएको तर्क गर्दै उनी थप्छिन ­– आँफुमा दक्षता , क्षमता र विज्ञता हुने हो भने जुनसुकै ठाउँको भएपनि अनि जहाँ रहेपनि त्यो सम्भव छ र हुन्छ ।

    समाजले मोडलिङ क्षेत्रलाई हेर्ने नजर पहिला जस्तो नरहेको तर पनि केहि समस्या भने यथावत रहेको उनले सुनाईन् । उनले आफुँलाई परिवारको पुर्ण साथ र सहयोग रहेकाले पनि अब्बल हुन र यो क्षेत्रमा स्थापीत हुन सहज रहेको वताएकी छन् ।

    आफुमा भएको क्षमता अनुसारको प्रस्ताव आयो र समय मिल्यो भने फिल्म अथवा म्युजिक भिडियोमा अध्यनलाई समेत असर नपर्ने कुराको सुनिश्चितता भए स्विकार्ने उनले वताईन् । तर आफु परिपक्क र त्यो विषयमा जानकार नभई त्यो कुराको पछि लागेर नहिड्ने उनको भनाई छ ।

    आफु भरखरै यो क्षेत्रमा होमिएको सुनाउँदै उनले मिस नेपाल बन्नेसम्मको लक्ष्य आफुले बुनेको उनले सुनाईन् । आफ्नो उमेर पनि १७ वर्षमात्रै भएकाले आफुसँग राम्रो गर्न र स्थापीत हुन यथेष्ट समय रहेको सुनाउँदै उनले भनिन– जहाँ म सहभागि हुन्छु या त प्रतिष्पर्धा गर्छु । त्यहाँ जित्छु अनि जितेरै छाड्छु ।











सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…