•  प्रदिप धिमाल,उर्लाबारी

    माेरङकाे पथरीमा धारीलो हतियार प्रहार गरी एक नाबालिकाको हत्या भएको छ।सोमबार राति करिब १०:१२ बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐसेलुखर्क वडा नम्बर ६ निवासी दानबहादुर राईकी नाबालिका छोरीमाथि धारीलो हतियार प्रहार गरी घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

    फूपुको घरमा बस्दै आएकी १४ वर्षीया ज्ञानमती थुलुङ् राईलाई अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारीलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठउपरीक्षक नवराज कार्की पनि आइपुगेका छन्।

    घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।ज्ञानमती पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन्।

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …