मोरङको उर्लाबारी ९ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उर्लाबारी ९ वडा कमिटीले एतिहासिक दोश्रो वडा अधिवेशन सम्पन्न गरेको छ। कोशी प्रदेशका खानेपानी तथा सिचाइ मन्त्री माननीय नारायण बुर्जा मगरको प्रमुख आतिथ्यमा उर्लाबारी ९ को दोश्रो वडा अधिवेशन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कोशी प्रदेशका पुर्व सम्सद कुल प्रसाद साम्बा (कुशल) , उर्लाबारी माओवादी केन्द्रका अध्यक्ष गजेन्द्र दङ्गाल , आदिवासी जनजाति उर्लाबारी नगर सम्नय समितिका अध्यक्ष शमशेर लिम्बू , वाइसीएल मोरङ जिल्ला इन्चार्ज दिपक आले मगर को उपस्थित रहेको थियो । उर्लाबारी ९ का विभिन्न पार्टी परित्याग गरी ५० जना भन्दा धेरै उक्त अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रवेस गरेका छन । पार्टी प्रवेश गर्नेलाइ कोशी प्रदेशका खानेपानी मन्त्री माननीय नारायण बुर्जा मगर , उर्लाबारी नगर कमिटी अध्यक्ष गजेन्द्र दङ्गाल पुर्व प्रदेश साम्सद कुल प्र साम्बा ले पार्टी मा स्वागत गर्नु भएको थियो ।